बचतकर्तालाई सरकारले अन्याय गर्न सक्दैन: अर्थमन्त्री डा. महत
नवलपरासी । अर्थमन्त्री डा. प्रकाश शरण महतले बचतकर्तालाई सरकारले अन्याय गर्न नहुने बताएका छन् । मंगलबार नवलपरासीमा स्थापित रेडबुल फ्याक्ट्रीको उद्घाटन गर्नेक्रममा मन्त्री डा. महतले ऋणीले लिएको ऋण बचतकर्ताको भएकाले अन्यायमा पर्न नदिने बताएका हुन् ।
‘ऋण तिर्दिन भन्नु समस्याको समाधान होइन । यो बचतकर्ताको पैसा हो । ऋण मिनाहा भनेको बचतकर्ताको बचत सकिनु हो,’ अर्थमन्त्री महतले भने, ‘त्यसको क्षतिपूर्ति कसले तिर्ने ? त्यही पैसा फिर्ता भएर बचतकर्ताले आवश्यक पर्दा लिन सक्छन् । बचतकर्तालाई सरकारले अन्याय गर्न सक्दैन ।’
धेरै ऋणीहरूले सहकारी, वित्तीय संस्था र बैंकबाट ऋण लिएको महतको भनाई छ । लिएको ऋण तिर्न कठिनाइ हुँदैमा अर्थतन्त्र खत्तम भयो भनेर प्रचारबाजी भएको छ । अर्थतन्त्र बिग्रियो, शिथिल भयो भन्दै विभिन्न प्रचारबाजी भइरहेको समेत महतको भनाई छ । ‘अवश्य पनि केही समययता, नेपालको अर्थतन्त्रमा विविध कारणले समस्या थियो । तत्कालीन सरकारले सीमित साधन श्रोत ठेक्कामुखी टावरमा लगानी गरे,’ उनले थपे, ‘राष्ट्र बैंकले अथाह पुँजी प्रवाह गर्यो, बैंकले सस्तै दरमा ऋण दिएको छ भन्ने आम मान्छेलाई लाग्यो र अर्थतन्त्र समस्यामा आयो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण