इमाडोलमा सिटिजन्स बैंकको १९० औँ शाखा
मङ्गलबार, १९ मङ्सिर २०८०, १३ : ५५
काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले शाखा विस्तार गर्ने क्रममा आफ्नो १९०औँ शाखा इमाडोलमा सञ्चालनमा ल्याएको छ । इमाडोलमा आज आयोजित एक कार्यक्रमका बिच बैंक सञ्चालक समितिका अध्यक्ष प्रबल जङ्ग पाण्डेले नयाँ शाखाको शुभारम्भ गरेका हुन् । यससँगै काठमाडौँ उपत्यका भित्र यस बैंकको ३८ वटा शाखाहरू र बागमती प्रदेशमा ५२ वटा शाखाहरू सञ्चालनमा रहेका छन् ।
नयाँ शाखा सञ्चालनको अवसरमा यस शाखामा खाता खोल्दा डेबिट कार्ड, मोबाइल बैंकिङ्ग र इन्टरनेट बैंकिङ्ग जस्ता सेवाहरूको पहिलो वर्ष निःशुल्क प्राप्त गर्न सकिनेछ । साथै लकर सुविधा लिँदा लकर अनिवार्य मौज्दातमा २५५ र लकर शुल्कमा ५०५ छुट उपलब्ध रहेको छ । यो सुविधाहरू हालसालै खुलेको टेकु शाखामा पनि उपलब्ध रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण