आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

मुक्तिनाथ क्यापिटल शेयर रजिष्ट्रार नियुक्ति

मङ्गलबार, १९ मङ्सिर २०८०, १६ : ०५
मङ्गलबार, १९ मङ्सिर २०८०

काठमाडौँ । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज गर्ने, नामसारी गर्ने, रोक्का राख्ने लगायतका शेयरवालाहरुको लगत अद्यावधिक गरी राख्ने सम्बन्धी सम्पूर्ण कार्य गर्नको लागि शेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको छ ।

 सम्झौतामा मुक्तिनाथ क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशी र मुक्तिनाथ कृषि कम्पनी लिमिटेडका तर्फबाट संचालक तुलसी राम ढकालले हस्ताक्षर गरेका छन् । 
कृषि कम्पनीका शेयरधनीहरुलाई प्रभावकारी र भरपर्दाे सेवा शेयर रजिष्ट्रार मार्फत उपलब्ध गराउने कम्पनीले विज्ञप्तिमार्फत विश्वास लिएको छ ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप