भ्यूजका लागि विमान दुर्घटना गराउने युट्युबरलाई जेल
क्यालिफोर्निया । युट्युबमा भ्युजका लागि जानीजानी प्लेन दुर्घटना गराएको तथा अनुसन्धान अधिकारीहरुलाई ढाँटेको आरोपमा अमेरिकामा एक युट्युबरलाई ६ महिना जेल सजाय सुनाइएको छ ।
३० वर्षीय ट्रभर ज्याकबले सन् २०२१ को डिसेम्बरमा विमान दुर्घटनाको भिडियो पोस्ट गरेका थिए । भिडियोमा उनी विमानबाट हातमा सेल्फी स्टिक लिएर हामफालेको देखिन्छ । उनी प्यारासुटको मद्दतले सुरक्षित जमिनमा अवतरण गरेका थिए । उक्त भिडियोलाई लाखौँले हेरेका छन् ।
आफ्नो बचाउमा ज्याकबले उक्त भिडियो एउटा विज्ञापनको सम्झौता अन्तरगत तयार गरिएको जिकिर गरेका थिए । यस वर्षको सुरुवातमा भने उनले फेडरल जाँचलाई अवरोध पुर्याएको स्वीकार गरेका थिए ।
ज्याकबले सामाजिक सञ्जाल र समाचारमा आफ्नो कभरेज बढाउनुका साथै आर्थिक लाभ लिन यो हर्कत गरेको अभियोजकहरुको भनाई छ । यस्तो व्यवहार सह्य नहुने उनीहरूको भनाई छ ।
सन् २०२१ को नोभेम्बरमा क्यालिफोर्नियाको सान्टा बारबरा विमानस्थलबाट एउटा विमानमा क्यामरा जडान गरेर उडान भरेका थिए । उनको उद्देश्य गन्तव्यमा पुग्ने भन्दा पनि बिच बाटोमा नै विमान दुर्घटना गराउने रहेको थियो । उडानको ३५ मिनेटपछि ज्याकब विमानबाट हामफालेका थिए । विमान लस पाडरेस नेसनल फरेस्टमा दुर्घटनाग्रस्त भएको थियो । उनी पछि विमान दुर्घटना भएको स्थानमा पुगेर क्यामरा लिएर हिँडेका थिए ।-बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ : पूर्वप्रधानमन्त्री भट्टराई
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
१० बजे १० समाचार : टिकटकर अधिकारी जेलमा, कैदीलाई होटलमा लगेर मासु र बियर
-
गौशालाका सबै विद्यालयमा गर्मी बिदा
-
दिक्तेल–चखेवा भञ्ज्याङ सडक : माम्खामा निर्माणाधीन पर्खाल भासिँदा ६ घर जोखिममा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण