शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

भ्यूजका लागि विमान दुर्घटना गराउने युट्युबरलाई जेल

मङ्गलबार, १९ मङ्सिर २०८०, १६ : २६
मङ्गलबार, १९ मङ्सिर २०८०

क्यालिफोर्निया । युट्युबमा भ्युजका लागि जानीजानी प्लेन दुर्घटना गराएको तथा अनुसन्धान अधिकारीहरुलाई ढाँटेको आरोपमा अमेरिकामा एक युट्युबरलाई ६ महिना जेल सजाय सुनाइएको छ ।

३० वर्षीय ट्रभर ज्याकबले सन् २०२१ को डिसेम्बरमा विमान दुर्घटनाको भिडियो पोस्ट गरेका थिए । भिडियोमा उनी विमानबाट हातमा सेल्फी स्टिक लिएर हामफालेको देखिन्छ । उनी प्यारासुटको मद्दतले सुरक्षित जमिनमा अवतरण गरेका थिए । उक्त भिडियोलाई लाखौँले हेरेका छन् ।

आफ्नो बचाउमा ज्याकबले उक्त भिडियो एउटा विज्ञापनको सम्झौता अन्तरगत तयार गरिएको जिकिर गरेका थिए । यस वर्षको सुरुवातमा भने उनले फेडरल जाँचलाई अवरोध पुर्‍याएको स्वीकार गरेका थिए ।

ज्याकबले सामाजिक सञ्जाल र समाचारमा आफ्नो कभरेज बढाउनुका साथै आर्थिक लाभ लिन यो हर्कत गरेको अभियोजकहरुको भनाई छ । यस्तो व्यवहार सह्य नहुने उनीहरूको भनाई छ ।

सन् २०२१ को नोभेम्बरमा क्यालिफोर्नियाको सान्टा बारबरा विमानस्थलबाट एउटा विमानमा क्यामरा जडान गरेर उडान भरेका थिए । उनको उद्देश्य गन्तव्यमा पुग्ने भन्दा पनि बिच बाटोमा नै विमान दुर्घटना गराउने रहेको थियो । उडानको ३५ मिनेटपछि ज्याकब विमानबाट हामफालेका थिए । विमान लस पाडरेस नेसनल फरेस्टमा दुर्घटनाग्रस्त भएको थियो । उनी पछि विमान दुर्घटना भएको स्थानमा पुगेर क्यामरा लिएर हिँडेका थिए ।-बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप