महिला स्वयंसेविकाहरुले पाउने सुविधामा सरकारले शोषण गरेको आरोप
काठमाडौँ । महिला स्वयंसेविकाहरुले सेवा निवृत्त हुँदा पाउने सुविधामा सरकारले शोषण गरेको आरोप लगाएका छन् ।
२० औं महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसको अवसरमा मंगलवार काठमाडौंमा आयोजित कार्यक्रममा उनीहरुले यस्तो गुनासो गरेका हुन् । कार्यक्रममा बोल्दै स्वयंसेविका संघकी अध्यक्ष गीता थिङले २० वर्ष अघि दिएको सेवा निवृत्त सुविधा बढाउनुपर्ने माग गरिन् । उनले आजसम्म पनि महिला स्वयंसेविकाहरुलाई २० वर्षअघिकै २० हजार रुपैयाँ दिने गरेको भन्दै असन्तुष्टि जनाइन् । उनले सरकारले महिला स्वयंसेविकाहरुलाई सेवा निवृत्त सुविधाका रुपमा २० हजार रुपैयाँ मात्रै दिनु शोषण भएको बताइन् ।
उनले भनिन्, ‘प्रमाणपत्र दिने र मनाउने मात्रै ठूलो कुरा होइन । जो स्वयंसेविकाहरु काममा लागिरहनुभएको छ, उहाँहरु दूरदराजमान पनि धेरै हुनुहुन्छ । उहाँहरुलाई केही न केही सेवा सुविधा दिनुपर्छ । बिदाईमा २० हजार दिने गरेको छ । यो त २० वर्ष अघि दिएको हो । आजसम्म पनि त्यही २० दिनेकुरा मान्य हुँदैन । हामीलाई लिए पनि लि नलिए नलि भन्ने खालको अवस्था छ । यस्तोमा स्वयंसेविकाहरुको मनोबल घट्छ । ६० वर्षको उमेरमा बिदाई गर्नु ठिक छ । यो अति नै शोषण हो, लाजमर्दो कुरा हो ।’
कार्यक्रममा बोल्दै स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव दीपेन्द्ररमण सिंहले महिला स्वयंसेविकाहरुको कामले सरकारलाई थप शक्ति मिल्ने गरेको बताए । उनले महिला स्वयंसेविकाहरुको लागि आवश्यक पर्ने काम गर्न मन्त्रालय तयार रहेको बताए ।
यसैगरी सरुवा रोग विशेषज्ञ डा. अनुप बास्तोलाले महिला स्वयंसेविकाहरुले उठाएको माग जायज रहेकाले सरकारले सम्बोधन गर्नुपर्ने बताए । उनले महिला स्वयंसेविकाहरुलाई विभिन्न तालिम दिइ प्रभावकारी बनाएर थप सशक्त बनाउनुपर्नेमा जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण