एनसेल प्रकरणमा छलफल गर्न प्रधानमन्त्रीले बोलाए गठबन्धनको बैठक
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एनसेलको शेयर बिक्रीका सम्बन्धमा छलफल गर्न सत्ता गठबन्धन दलको बैठक बोलाएका छन् । पार्टीको प्रशिक्षण कार्यक्रममा भाग लिन मंगलबार महोत्तरी पुगेका उनले मंगलबार साँझ ६ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । बैठकका लागि उनी काठमाडौँ फर्कँदै छन् ।
कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले एनसेल शेयर बिक्रीमा अर्बौँ रकम हिनामिना सम्बन्धमा प्रकाशित समाचारहरूप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएका थिए ।
उनले यस सम्बन्धमा प्रचलित कानुनी प्रावधानको पालना भए नभएको, शेयर बिक्री वितरण गर्दा प्रचलित विधि र प्रक्रिया पालना भए नभएको एवं यसबाट नेपालको दूरसञ्चार क्षेत्र र विदेशी लगानीमा पर्ने असर तथा नेपाल सरकारको राजस्वलगायतका विषयमा पर्ने प्रभावका बारेमा सम्बन्धित निकायलाई शीघ्र अध्ययन गर्न निर्देशन दिएको स्वकीय सचिव रमेश मल्लले बताएका छन् ।
‘एनसेलको विषयमा कुनै हालतमा छुट दिन सकिँदैन यो बदमासी हो । यसअघि सुशासनको पक्षमा सरकार कडा रूपमा प्रस्तुत भएको थियो । एनसेलको विषयमा पनि आवश्यक छानबिन गरी बदमासी गर्ने ठगहरूलाई तह लगाइन्छ’, उनको भनाई उदृत गर्दै मल्लले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल–चीन सम्बन्ध सुदृढ बनाउन चिनियाँ राजदूतका चार प्रस्ताव
-
‘विकासको अन्तिम मापन नागरिकको जीवनस्तरमा आउने सुधारले मात्र हुन्छ’
-
शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजनाः मस्यौदामाथि छलफल
-
सीपीसी र रास्वपाको विचारधारा फरक भए पनि मूल लक्ष्य जनहित र राष्ट्रिय प्रगति नै हो : महामन्त्री आचार्य
-
‘नेपाललाई भू-जडित मुलुक बनाउन बीआरआई आयोजनालाई तीव्र पार्नुपर्छ’
-
विकास बाहिरबाट आयात गर्ने विषय होइन, नेपालको आफ्नै मोडल चाहिन्छ : शाही
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण