रमेश कर्प र बोनजोय ट्राभलले गरे सेवा उत्कृष्ट बनाउने साझेदारी
काठमाडाैँ । रमेश कर्प, नेपालको एक अग्रणी व्यापारिक घरले प्रतिष्ठित ट्राभल एजेन्सी बोन्जोय ट्राभल प्रा.लि.सँग समझदारी पत्रमा हस्ताक्षर गरेको छ । यस सहकार्यसँगै रमेश कर्पको आधिकारिक ट्राभल पार्टनर बोन्जोय ट्राभल प्रा.लि. सँगको रणनीतिक साझेदारीको सुरुवात भएको छ ।
समझदारीपत्रको मुख्य उद्देश्य रमेश कर्पका हितग्राहीहरुको यात्रा अनुभवलाई सतर्कतापूर्वक सुधार गर्ने र अझ बडी उन्नत बनाउन रहेको बताइएको छ । यो रणनीतिक साझेदारी विशेष गरी निर्बाध र समृद्ध यात्रा र सर्वोत्कृष्ट यात्रा–सम्बन्धित सेवाहरू प्रदान गर्ने उद्देश्यले डिजाइन गरिएको हो । रमेश कर्पका सेवाहरूमा झण्झट–मुक्त टिकटिंग सुविधाहरू, निपुण भिसा सहायता, विचारपूर्वक बनाइएको टुर प्याकेजहरू, र सुविधाजनक होटेल बुकिङहरू देखि सजिलो यातायात साधन, छिटो प्राथमिकता चेक–इन सेवा, र व्यक्तिगत बैठक र अभिवादन सेवाहरूसम्म रहेका छन् ।
सञ्जय अग्रवाल, कार्यकारी निर्देशक रमेश कर्पले यस सहकार्यको बारेमा आफ्नो उत्साह व्यक्त गर्दै भनेको छ– 'हाम्रा हितग्राहीहरूलाई अनुपम सेवाहरू प्रदान गर्ने हाम्रो प्रतिबद्धतामा, हामी बोन्जोय ट्राभल प्रा. लि. सँग हात मिलाउन पाउँदा हर्षित छौं । यो रणनीतिक साझेदारीले हाम्रा कर्मचारी र ग्राहकहरूको यात्राको अनुभवलाई सरल र उत्साहजनक बनाउने हाम्रो दृष्टिकोणसँग मेल खान्छ । ट्राभल उद्योगमा बोन्जोय ट्राभलको विशेषज्ञताले उनीहरूलाई हाम्रा लागि एक आदर्श साझेदार बनाउँछ ।'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण