बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

कांग्रेस कास्कीद्वारा भूकम्पपीडितलाई ८ लाख सहयोग

बुधबार, २० मङ्सिर २०८०, ०७ : ५४
बुधबार, २० मङ्सिर २०८०

पोखरा । नेपाली कांग्रेस कास्कीले जाजरकोट भूकम्पका पीडितलाई आर्थिक सहयोग गरेको छ । पार्टी निकट नेता कार्यकर्ता र सङ्घ संस्थाबाट उठाएर ८ लाख २ हजार रुपैयाँ सहयोग गरेको हो । 

यसबाहेक ४२ हजार बराबरको कुर्ता सुरुवाल र १७ हजार बराबरको साडी र सुट पनि सहयोग गरिएको छ । कार्यसमिति र शुभेच्छुकबाट सहयोग सङ्कलन गरिएको सभापति किशोरदत्त बरालले जानकारी दिए ।

उक्त सहयोग उनीहरुले प्रभावित क्षेत्रमै पुगेर हस्तान्तरण गर्ने बरालले बताए । राहत सङ्कलनमा सहयोग गर्ने सबैलाई उनले धन्यवाद दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप