सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौँमा स्टिल्केसको प्रमुख डिलर शोरूम खुल्यो

बुधबार, २० मङ्सिर २०८०, १० : २६
बुधबार, २० मङ्सिर २०८०

काठमाडौँ ।  स्टिल्केसले आफ्नो प्रमुख डिलर शोरूम काठमाडौँमा खोलेको छ । एसिया तथा सार्क क्षेत्रमा आफ्नो कम्पनी विस्तार गर्ने क्रममा फ्यूजनसँगको साझेदारीमा स्टिल्केसले विभिन्न फर्निसि र ब्रान्डहरुको नेपालभर उपलब्ध गराउन डिलर सोरुम खोलेको हो । 
 
 ‘हामी यहाँ नेपालमा आएर खुसी र गर्वित छौँ । हाम्रो डिलर साझेदारहरू विश्वभरी स्थानीय विशेषज्ञहरूको समुदाय हुन् र हामी फ्युजनसँग साझेदारको रूपमा यहाँ छौँ। हाम्रो संयुक्त प्रयासबाट कार्यस्थललाई अझ प्रभावकारी बनाउन चाहन्छौंँ’,  प्रबन्ध निर्देशक तीर्थाङ्कर बासुले भने । 

नयाँ तीन तले शोरूममा स्टिलकेसको अफिस चेयर र फर्निचरको नवीन र व्यापक कलेक्सनको प्रदर्शन गरिएको छ। प्रसिद्ध  चेयरहरु थिङ्क, जेस्चर, र पर्सनालिटी प्लस सहित वर्कस्टेसनहरू काठमाडौँको माइतीघर मण्डलास्थित शोरूममा प्रदर्शन गरिएको छ । 

‘हामी नेपालले स्टिलकेसका लागि प्रस्तुत गरेको अवसरप्रति उत्साहित छौँ । यो विस्तार हाम्रो अत्याधुनिक समाधान र सेवाप्रतिको प्रतिबद्धता अनुरुप छ’, बिक्री निर्देशक  राम मोहनले भने । 
सन् १९१२मा स्थापित स्टिलकेस कम्पनी विश्वमा कार्यस्थलको डिजाइन र विचारमा अग्रणी रहेको छ। ३
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप