पाल्पाको तिनाउमा मृत भेटिएका दुई व्यक्तिको पहिचान खुल्न सकेन
बुटवल । पाल्पाको तिनाउ गाउँपालिकामा मृत भेटिएका दुई पुरुषको पहिचान खुल्न नसकेपछि जिल्ला प्रहरी कार्यालय पाल्पाले हुलिया सार्वजनिक गरेको छ । यही मङ्सिर १४ गते जिल्लाको तिनाउ गाउँपालिका–५ चर्चरे स्थित सिद्धार्थ राजमार्गको छेउमा अन्दाजी २०–२२ वर्षीय युवाको शव फेला परेको थियो ।
उक्त युवाको हुलिया सार्वजनिक गर्दै प्रहरीले उचाइ ५ फिट ३ इन्च, बायाँ हातको नाडीमा घडी र आँखाको ट्याटु, शरीरमा खैरो रङको ज्याकेट (वीनचिटर),हरियो रङको स्विटर, कालो रङको ट्राउजर र कलेजी रङको टिसर्टसहित शव फेला परेको जनाएको छ । यसै गरी बैजनी रङको गलबन्दी र सेतो सोलमा खैरो रङको कन्भर्स जुत्ता लगाएको हुलिया सार्वजनिक गरेको छ ।
यसै गरी तिनाउकै वडा नम्बर ३ तल्लो सिद्ध बाबा नजिकै मङ्सिर १९ गते मङ्गलवार मृत फेला परेका पुरुषको समेत प्रहरीले हुलिया सार्वजनिक गरेको छ । उचाइ ४ फिट ९ इन्च, टाउको र घाँटीमा पहेँलोमा रातो रङ्गको ओम नमःसिवाय श्रीराम लेखेको ३ वटा सल भिरेको, खैरो रङ्गमा कालो बुट्टे स्विटर, खैरो रङ्गको टिसर्ट, कालोमा सेतो धर्का भएको हाफ पाइन्ट, कालो फित्तावाला चप्पल लगाएको, पछाडि बोक्ने २ वटा झोला बोकेको, रुद्राक्ष माला लगाएको, वर्ण गहुँ गोरो, मंगोलीयन अनुहार भएको तथा दाह्री जुँगा पालेको हुलिया सार्वजनिक गरेको छ ।
ती पुरुषको उमेर अन्दाजी ५०-५५ वर्ष भएको प्रहरीले अनुमान गरेको छ । जिल्ला प्रहरी कार्यालय पाल्पा डी एसपी सुगन्ध श्रेष्ठले सोधपुछ चलिरहेको तर अझै परिचाहन खुल्न नसकेको रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सीटीईभीटीको उपाध्यक्ष र सदस्य सचिवमा दरखास्त आह्वान
-
भृकुटीमण्डपमा ‘फिन इलेक्ट्रो–टेक २०२६’ सुरु, अर्थमन्त्रीले गरे उद्घाटन
-
गृहले सच्यायो एसएसपी सरुवा, उपत्यका ट्राफिकमा काफ्ले
-
सम्बन्ध विच्छेदको मुद्दामा ‘किस इमोजी’ को चर्चा : लद्दाख उच्च अदालतद्वारा महिलाको निवेदन खारेज
-
महेन्द्र राजमार्गको चन्द्रौटा–कोहलपुर खण्ड चार लेनमा स्तरोन्नति गरिँदै
-
भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान हुन् : राष्ट्रपति पौडेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण