सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

रेड्मी १२सी : भ्यालु र पर्फर्मेन्सको उत्कृष्ट कम्बिनेसन

बुधबार, २० मङ्सिर २०८०, १६ : ४२
बुधबार, २० मङ्सिर २०८०

काठमाडौँ । शाओमीको रेड्मी सिरिज सस्तो मूल्यमा उच्च गुणस्तरको स्मार्टफोनका लागि परिचित छ । रेड्मी १२सीले नेपाली स्मार्टफोन बजारलाई अर्को तहमा पु¥याउन सफल भएको कम्पनीको भनाइ छ । यस स्मार्टफोनले धेरै उत्कृष्ट सुविधाहरूका साथमा प्रयोगकर्ताहरुलाई प्रिमियम अनुभव प्रदान गर्ने कम्पनीको भनाइ छ ।

यसैक्रममा रेड्मी १२सी को ३ जीबी +३२ जीबी भेरियन्टको प्रारम्भिक मूल्य मात्र रु. १३,४९९  रहेको छ ।  थप स्टोरेज चाहने ग्राहकहरुको लागि ४ जीबी+६४ जीबी   भेरियन्ट मात्र रु १४,४९९. र  ६ जीबी+१२८ जीबी भेरियन्ट मात्र रु. १६,९९९ मा उपलब्ध रहेको कम्पनीले जनाएको छ । 

रेड्मी १२सी को बेस भेरियन्टमा नै ग्राहकहरूले एकै साथ धेरै एपहरू बिना कुनै ल्याग, सहज मल्टिटास्किङ गर्न सक्नेछन् । साथै ६ जीबी+१२८ जीबी को भेरियन्टले एप्स, फोटो, भिडियोहरू र अन्य डेटा भण्डारण गर्न पर्याप्त स्पेस प्रदान गर्दछ ।

मेडियाटेक हेलिओ जी ८५ प्रोसेसरद्वारा संचालित रेड्मी १२ सी ले गेमिङ, इमेजिङ र दैनिक प्रयोगमा उत्कृष्ट प्रदर्शन र सहज अनुभव प्रदान गर्दछ । रेड्मी १२सी मा ५० एमपी डुअल रियर क्यामेरा जडान गरिएको छ जसले धेरै डिटेल्सका साथ फोटो खिच्न सक्दछ र यसले प्रयोगकर्ताहरूलाई कुनै जस्तो सुकै प्रकाशमा पनि राम्रो फोटो खिच्न सक्छ । मल्टिमिडिया अनुभवलाई चुस्त बनाउनको लागि यो फोनमा ठूलो ५,००० यमएच ब्याट्रीको साथमा ठूलो ६.७१” याच डी+ डिस्प्ले रहेको छ ।  

रेड्मी १२सी मा भ्यालु र पर्फर्मेन्सको उत्कृष्ट कम्बीनेसन देख्न पाइन्छ । शक्तिशाली प्रोसेसर, प्रभावशाली डिस्प्ले, लङ ब्याट्री लाइफ, उत्कृष्ट डिजाइन र क्यामेरा सिस्टमको साथ रेड्मी १२सी ले ग्राहकलाई यस प्राइस रेन्जमा अपेक्षा गरेको भन्दा पनि धेरै प्रदान गर्ने कम्पनीको भनाइ छ । 

आफ्ना फोनहरुमा उत्कृष्ट फिचरश र उत्तिकै उत्कृष्ट पेर्फोर्मंस प्रदान गर्ने फोनको रुपमा रेड्मी बजारमा  परिचित छ र रेड्मी १२सी त्यसैको जबर्दस्त उदाहरण भएको कम्पनीको दाबी छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप