सामुदायिक विद्यालयले विद्यार्थी खाजाको रकममा अनियमितता गरेको महानगर प्रमुखको आरोप
बारा । वीरगन्ज महानगरपालिका प्रमुख राजेशमान सिंहले सामुदायिक विद्यालयमा प्रधानाध्यापकहरुले नाबालक विद्यार्थीको नाममा आएको खाजाको रकम कागजमा मिलाएर खाने गरेको आरोप लगाएका छन् ।
बारा, पर्साका पालिका प्रमुख, उपप्रमुख, शिक्षा समन्वय एकाइ प्रमुख, सामुदायिक विद्यालयका प्रधानाध्यापकहरु उपस्थित कार्यक्रममा महानगर प्रमुख सिंहले प्रधानाध्यापकहरुले उपस्थिति अधिक देखाएर विद्यार्थीको खाजा रकममा अनियमितता गर्ने गरेको आरोप लगाए ।
‘हेडमास्टर साबले के कति गरेका छन् भन्ने यो १८ महिनामा मैले धेरै जानेको छु, त्यो बिचरा नावालकहरुले खाने खाजामा उपस्थिति संख्या हुन्छ ५० जना, लेखाउने बेलामा शतप्रतिशत विद्यार्थी उपस्थित छन् भनेर खाजाको रकम बुझिन्छ,’ प्रमुख सिंहले भने, ‘मह काढ्नेले हात चाट्छ तर मौरीको घार नै मास्ने काम नगर्नुस् ।’
उनले संघीय सरकारले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत सिधै विद्यालयको खातामा रकम पठाउँदा प्रधानाध्यापकहरु पढाउने काम छोडेर पूर्वाधार निर्माणमा व्यस्त भएको गुनासोसमेत गरे ।
पछिल्लो समय शिक्षक सरुवाको विषयलाई लिएर पालिका प्रमुख र जिल्ला शिक्षा समन्वय एकाइबिच विवाद देखिएको छ । महानगर प्रमुख सिंहले पनि शिक्षा समन्वय एकाइले आफ्नो पार्टीको शिक्षक भएकै आधारमा महानगरलाई जानकारी नै नदिई आफूखुसी शिक्षक सरुवा गर्ने गरेको बताए ।
‘पार्टीको मास्टर भयो भन्दैमा मैले केही गर्छु भनेर पहिले नै अर्को गाउँपालिकामा पठाइदिने, समन्वय प्रमुखलाई कसले दियो यस्तो अधिकार ?, सिंहले मधेस प्रदेशका शिक्षा मन्त्री महेश प्रसाद यादवप्रति लक्षित गर्दै भने, ‘हामी सर्कसका जोकर हौँ ? जनताले पनि गाली गर्छन्, कर्मचारी प्रशासनले पनि मजाक उडाउने ?’
मधेसमा कोही कर्मचारी आउन मान्दैनन् भन्नु गलत प्रचारमात्रै भएको उनको भनाइ छ । ‘पर्सा जिल्लाको सीडीओ, एसपी बन्नुप¥यो, वीरगन्ज भन्सार कार्यालय प्रमुख तथा कर्मचारीमा आउनुप¥यो भने सबैभन्दा पहिला हानथाप गरेर माथि रकम बुझाएर आइन्छ, अनि नेताले यो काम गर्नुप¥यो भन्यो भने यो मिल्दैन भनेर भाग्ने, यो कुरासँग म विमति राख्दछु,’ उनले भने, ‘कर्मचारी नहुँदा महानगरका महाशाखाहरु छैठौँ तहबाट चलाउनु परेको छ ।’
वीरगन्ज महानगरले शिक्षामा राम्रो कामको सुरुवात गरेकोले एक वर्षभित्र रिजल्ट आउने उनको दाबी छ ।
प्रदेश सरकारले असार २० गते स्थानीय तहहरुमा बजेट पठाएर २५ गतेसम्म काम गर भन्दा अधिकांश बजेट फ्रिज हुने समस्या भएको सिंहको भनाइ छ ।
मधेस प्रदेश शिक्षा तथा संस्कृति मन्त्रालय र शिक्षा तथा मानव श्रोत विकास केन्द्र सानो ठिमी भक्तपुरको आयोजनामा आयोजित कार्यक्रममा मधेस प्रदेशका शिक्षा सचिव लक्ष्मीप्रसाद भट्टराई र मानव श्रोत विकास केन्द्र सानोठिमी भक्तपुरमा निर्देशक नीलकण्ठ ढकालले समग्र मधेस प्रदेशको शैक्षिक अवस्था र साक्षरता घोषणाको विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वदलीय बैठकमा कांग्रेसबाट आङ्देम्बे र खातुन सहभागी
-
सिन्धुलीको पर्यटन प्रवर्द्धनका लागि नागरिक स्तरबाट श्वेतपत्र जारी, सांसद गजुरेललाई बुझाइयो मागपत्र
-
रास्वपा रौतहटको जिल्ला अधिवेशन विवादमा, निर्वाचन प्रक्रिया तत्कालका लागि स्थगित
-
रास्वपाले बोलाएको सर्वदलीय बैठकमा नेकपाबाट नेपाल र पुन जाने, प्रचण्ड बेड रेस्टमा
-
रास्वपा कैलालीको सभापतिमा ठकुल्ला र उपसभापतिमा चौधरी निर्वाचित
-
सुदूरपश्चिम सरकार टिकाउन पालैपालो मन्त्री : पुराना बिदा हुँदै, नयाँ भित्रिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण