ईसेवा मनि ट्रान्स्फर र जि.एस क्यासलाइनबिच रेमिट्यान्स भुक्तानी सम्झौता
काठमाडौँ । ईसेवा मनि ट्रान्स्फर र साइप्रसको जि.एस क्यासलाइनबिच रेमिट्यान्स भुक्तानी सम्बन्धमा सम्झौता भएको छ।
यो सम्झौतासँगै साइप्रस बसोबास तथा काम गर्दै आएका नेपालीहरूले जि.एस क्यासलाइनको ४० शाखाहरूबाट नेपालमा ईसेवा मनि ट्रान्स्फरमार्फत रेमिट्यान्स पठाउन सक्ने छन् । साथै जि.एस क्यासलाइनबाट पठाएको रेमिट्यान्स ईसेवा मनि ट्रान्स्फरका १३ हजार ८०० भन्दा बढी भुक्तानी केन्द्र, बैंक तथा वित्तीय संस्थाहरू तथा ईसेवाका १ लाखभन्दा बढी क्यास प्वाइन्ट र ७५ लाखभन्दा बढी प्रयोगकर्ताहरूले वालेटबाट सहजै प्राप्त गर्न सक्नेछन् ।
सम्झौता पत्रमा ईसेवा मनि ट्रान्सफरको तर्फबाट प्रमुख कार्यकारी अधिकृत, अजेश कोइराला र जि.एस क्यासलाइनको तर्फबाट, प्रमुख कार्यकारी अधिकृत, स्ट्याव्रोज स्ट्याव्रोले हस्ताक्षर गरेका थिए । ईसेवा मनि ट्रान्स्फर र जि.एस क्यासलाइन बीचको यो साझेदारीले रेमिट्यान्स सेवाहरूमा पहुँच र दक्षता अभिवृद्धि गर्ने लक्ष्य राखेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण