शैक्षिक सुधारमा पूर्वशिक्षामन्त्रीको जोड
तनहुँ । नेपाली कांग्रेसका पूर्वसहमहामन्त्री तथा पूर्वशिक्षामन्त्री गोविन्दराज जोशीले शैक्षिक क्षेत्रमा अपेक्षित सुधार नहुँदा युवा वर्गको विदेश पलायन नरोकिएको बताउँदै त्यसमा व्यापक सुधार अपरिहार्य भएकामा जोड दिएका छन् ।
तनहुँको भानु नगरपालिका–११ मानेचौकास्थित त्रिभुवन क्याम्पसको रजत महोत्सवको बुधबार उद्घाटन गर्दै पूर्वमन्त्री जोशीले गुणस्तरीय एवं व्यावसायिक शिक्षा आजको अहिलेको आवश्यकता भएको बताए । उनले बेरोजगारी बढेपछि युवा पलायन भएका भन्दै उनीहरूलाई रोक्ने वातावरण बनाउनुपर्नेमा जोड दिए ।
कक्षा १२ पास हुने बित्तिकै नयाँ पुस्ता विदेशिने क्रम बढ्दा वैदेशिक मुद्रा सञ्चितिमा पनि त्यसले प्रभाव पारेको वास्तविकता सुनाउँदै पूर्वमन्त्री जोशीले शैक्षिक क्षेत्रको सुधार तथा व्यावसायिक शिक्षाको विकासका निम्ति सरकार गम्भीर हुनुपर्ने बताए ।
त्यस अवसरमा क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष टेकबहादुर गुरुङ, बिपी विचार समाजकी केन्द्रीय सदस्य बालकुमारी लोहनी, भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठी, पूर्वप्रमुख उदयराज गौली, क्याम्पस प्रमुख रवीन्द्रराज जोशीले मन्तव्य व्यक्त गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्लेब्याक गायनमा अरिजित सिंहले गरेका हुन् कमब्याक ?
-
अण्डाको फार्म मूल्य प्रति क्रेट ६० रुपैयाँसम्म घट्यो, उपभोक्ताका लागि घटेन
-
शिक्षा समता शुल्क खारेज भएसँगै अभिभावकहरूकाे कति रकम जाेगियाे ?
-
उज्बेकिस्तानकी पूर्वमोडलको खुलासाः जेल सजायका बेला पनि एप्स्टिनले यौनशोषण गरिरहे
-
१४ औँ हायर कमाण्ड तथा म्यानेजमेन्ट तालिम सम्पन्न
-
साउदीबाट आईएमई गर्दा अभिषेक कालाखेतीले जिते बीवाईडी एट्टो १ ईभी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण