मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय
अपडेट

अण्डाको फार्म मूल्य प्रति क्रेट ६० रुपैयाँसम्म घट्यो, उपभोक्ताका लागि घटेन

मङ्गलबार, ०५ साउन २०८३, १६ : २१
मङ्गलबार, ०५ साउन २०८३

सारांश

  • नेपाल लेयर्स कुखुरापालक संघले साउन ६ गतेदेखि लागू हुने गरी अण्डाको नयाँ समर्थन बिक्री मूल्य निर्धारण गरेको छ ।
  • यसअघिको मूल्यको तुलनामा हाल फार्म मूल्यमा प्रति क्रेट ६० रुपैयाँसम्म गिरावट आएको छ ।
  • फार्म मूल्यमा गिरावट आए पनि उपभोक्ताका लागि प्रति गोटा २५ रुपैयाँ मूल्य यथावत् राखिएको छ ।

काठमाडौंँ। नेपाल लेयर्स कुखुरापालक संघले अण्डाको नयाँ समर्थन बिक्री मूल्य निर्धारण गरेको छ । 

मंगलबार चितवनमा बसेको संघको बैठकले साउन ६ गतेदेखि लागू हुने गरी नयाँ दर तय गरेको हो । यसअघि गत जेठ २८ गते तोकिएको दररेटको तुलनामा हाल फार्म मूल्यमा प्रति क्रेट ६० रुपैयाँसम्म गिरावट आएको छ ।

देशभरिका अण्डा उत्पादकहरूको राय, परामर्श र सिफारिसका आधारमा संघले यो नयाँ मूल्य निर्धारण गरेको  जनाएको छ।

यसअघि गत जेठ २८ गते काठमाडौंमा बसेको बैठकले सोही दिनदेखि लागू हुने गरी मूल्य तय गरेको थियो । नयाँ र पुरानो दुवै निर्णयमा चितवनलाई नै मुख्य आधार मानी अण्डाको समर्थन बिक्री मूल्य तय गरिएको संघले जनाएको छ ।

कति पर्छ क्रेटको अण्डा ? 

नयाँ दररेट अनुसार सबै भन्दा ठुलो  साइजको अण्डाको फार्म मूल्य प्रति क्रेट ५१५ रुपैयाँ कायम गरिएको छ । यसअघि ५७५ रुपैयाँ रहेको थियो । 

पहिले प्रति क्रेट ५६० रुपैयाँ रहेको ठूलो अण्डाको मूल्य ५०० रुपैयाँ र पहिले ५३० रुपैयाँ रहेको मिडियम अण्डाको मूल्य ४७० रुपैयाँ कायम गरिएको छ । 

यी तीनै वर्गका अण्डाको प्रति क्रेट मूल्यमा ६० रुपैयाँ गिरावट आएको छ । सानो अण्डाको मूल्यमा पनि प्रति पेटी ३०० रुपैयाँ कमी आई २ हजार ९०० रुपैयाँ कायम भएको छ, जुन यसअघि ३ हजार २०० रुपैयाँ रहेको थियो ।

फार्म मूल्यमा उल्लेख्य गिरावट आए पनि सर्वसाधारण उपभोक्ताले खरिद गर्ने मूल्यमा भने कुनै फेरबदल गरिएको छैन । उपभोक्ताका लागि पहिलेकै दर अर्थात् प्रति गोटा २५ रुपैयाँ मूल्य नै यथावत् राखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप