भान जिक र डोमिनिकको गोलमा लिभरपुलको जित
काठमाडौँ । इङ्लिस प्रिमियर लिग फुटबलको आफ्नो पछिल्लो खेलमा लिभरपुलले सफलता हात पारेको छ । लिभरपुलले बुधबार राति खेलिएको खेलमा तुलनात्मक रूपमा कमजोर प्रतिद्वन्द्वी सेफिल्ड युनाइटेडलाई उसैको मैदानमा २—० गोलले हरायो ।
लिभरपुलले खेलको दुबै हाफमा एक—एक गोल गरेको थियो । खेल सुरु भएको ३७औँ मिनेटमा भर्जिल भान जिकले लिभरपुललाई अग्रता दिलाएका थिए । दोस्रो हाफको इन्जुरी समयमा लिभरपुलले अर्को गोल थपेको थियो ।
लिभरपुलका लागि दोस्रो गोल डोमिनिकले गरेका थिए । १५ खेल खेलेको लिभरपुल ३४ अङ्कसहित तालिकाको दोस्रो स्थानमा छ । लिभरपुलले हालसम्म १० जित, चार बराबरी र एक हारको नतिजा निकालेको छ ।
जारी सिजनको प्रिमियर लिगमा हालसम्म एक खेलमात्र हार्ने टोली लिभरपुल र आर्सनलमात्र हुन् । समान खेल खेलेको आर्सनल ३६ अङ्कसहित तालिकाको दोस्रो स्थानमा आसिन छ । आर्सनलले ११ जित, तीन बराबरी र एक हारको नतिजा निकालेको छ । सेफिल्ड युनाइटेड भने पाँच अङ्कसहित तालिकामा सबैभन्दा तल छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेबोनको नीति तथा कार्यक्रमले उचाल्यो सेयर बजार, दोहोरो अङ्कको वृद्धि
-
फुटबल र राजनीतिलाई मिसाउँदिनँ : अर्जेन्टिनी प्रशिक्षक स्कालोनी
-
अलपत्र निर्माण आयोजनाको म्याद एक वर्ष थप्ने सरकारको तयारी
-
सान फ्रान्सिस्कोमा डुङ्गा डुब्दा एक जनाको मृत्यु, दुई जना बेपत्ता
-
राजनीतिमा असम्भव भन्ने कुरा केही हुन्न, सत्ता समीकरण बदलिन पनि सक्छ: जीवनबहादुर शाही
-
शैक्षिक परामर्श व्यवसायीहरूले गरे आन्दोलनको घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण