बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

आजियाटाले वेभसाइटबाट हटायो ‘एनसेल’

बिहीबार, २१ मङ्सिर २०८०, ११ : १८
बिहीबार, २१ मङ्सिर २०८०

काठमाडौं । मलेसियन टेलिकम्यूनिकेसन लगानीकर्ता आजियाटाले आफ्नो वेभसाइटबाट एनसेल हटाएको छ । बेलायती कम्पनी स्पेक्ट्रलाइटलाई बेच्ने निर्णय गरेको आजियाटाले आफ्नो लगानी रहेको ब्राण्डको सूचीबाट एनसेललाई हटाएको हो ।

यसअघि आजियाटाले आफ्नो लगानीको ब्राण्डहरुको सूचीमा एनसेल समेटेको थियो । तर, अहिले भने एनसेलसम्बन्धी जानकारी नै हटाइदिएको छ । यसबाहेक, इन्डोनेसिया, श्रीलंका, बंगलादेश, कम्बोडिया, मलेसिया लगायतका देशमा लगानी गरिरहेको छ ।

ती देशमा लगानी रहेको कम्पनीको नाम भने आफ्नो वेभसाइटको ब्राण्ड पेजमा राखेको छ । तर, एनसेलको ब्राण्ड नेम भने हटाएको हो । आजियाटाले एक डलरमा खुलेको बेलायती कम्पनीलाई एनसेलको सेयर बेच्ने निर्णय गरेपछि चलखेलको आशंकामा विरोध भइरहेको छ । 

लेखा समितिले एनसेलको खरिद–बिक्री प्रकरण नै रोक्न सरकारलाई निर्देशन दिइसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप