सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

मध्य प्रदेशका ९० नवनिर्वाचित सांसदविरुद्ध आपराधिक मुद्दा, ८९ प्रतिशत करोडपति

बिहीबार, २१ मङ्सिर २०८०, १२ : १३
बिहीबार, २१ मङ्सिर २०८०

भोपाल । मध्य प्रदेशमा विधानसभा चुनावको नतिजा आइतबार आएको थियो । नतिजा सार्वजनिक भएपछि एसोसिएशन फर डेमोक्रेटिक रिफर्म्स (एडीआर) ले आफ्नो प्रतिवेदन जारी गरेको छ राज्यमा २३० नवनिर्वाचित विधायक मध्ये ९०, अर्थात् लगभग ३९ प्रतिशत विधायकहरू विरुद्ध आपराधिक मुद्दाहरू विचाराधीन रहेको उल्लेख छ । 

यसमध्ये ३४ जनाविरुद्ध गम्भीर प्रकृतिका मुद्दा विचाराधीन छन् र दोषी प्रमाणित भएमा उनीहरुलाई ५ वर्षको जेल सजाय हुनेछ । रिपोर्टका अनुसार कुल ९० जना विधायकले आफ्नो उम्मेदवारीमा आफ्नो विरुद्धमा रहेका आपराधिक मुद्दाहरूको जानकारी दिएका छन्।

सन् २०१८ मा यो संख्या ९४ थियो। पाँच वर्षपछि अहिले यो संख्या ९० पुगेको छ । आपराधिक मुद्दा भएका यी ९० विधायकमध्ये ५१ भाजपाका, ३८ कांग्रेस पार्टी र एकजना भारतीय आदिवासी पार्टीका छन्।

प्रतिवेदनमा अर्को रोचक तथ्याङ्क पनि छ । राज्यका २०५ निर्वाचित विधायकहरू अर्थात् लगभग ८९ प्रतिशत करोडपति छन् । यी करोडपति विधायकहरूमध्ये १४४ भाजपाका र ६१ कांग्रेस पार्टीका छन् । गत विधानसभा चुनावको तुलनामा राज्यमा करोडपति विधायकहरूको संख्या बढेको छ । २०१८ विधानसभा चुनावमा, १८७ विधायक करोडपति थिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप