बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कवि ढुङ्गानालाई झर्रो शैली सम्मान

बिहीबार, २१ मङ्सिर २०८०, १५ : १६
बिहीबार, २१ मङ्सिर २०८०

काठमाडौँ । नेपाली भाषामा झर्रोवादी आन्दोलनका एक अभियन्ता चूडामणि रेग्मीको नाममा स्थापित ‘चूणामणि रेग्मी झर्रो शैली सम्मान’ यस पटक वरिष्ठ कवि राजेश ढुङ्गानालाई प्रदान गरिने भएको छ । 
विगत साडे चार दशकदेखि कविता लेखनमा सक्रिय ढुङ्गानाका सयौँ फुटकर कविता प्रकाशित छन् भने एउटा कविता सङ्ग्रह ‘सुकिला मान्छेको सामूहिक मृत्यु’ प्रकाशित छ । 

यो साहित्यिक सम्मान तथा पुरस्कार पूर्वकै सर्वाधिक सम्मानित साहित्यिक सम्मान र पुरस्कार मानिन्छ । यो सम्मानमा रु. २५ हजारको नगद राशिको पुरस्कारसमेत रहने छ । 
उक्त सम्मान तथा पुरस्कार पुस २६ गते लेखनाथ पुस्तकालय झापामा एक कार्यक्रमको आयोजना गरी हस्तान्तरण गरिने छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप