कवि ढुङ्गानालाई झर्रो शैली सम्मान
बिहीबार, २१ मङ्सिर २०८०, १५ : १६
काठमाडौँ । नेपाली भाषामा झर्रोवादी आन्दोलनका एक अभियन्ता चूडामणि रेग्मीको नाममा स्थापित ‘चूणामणि रेग्मी झर्रो शैली सम्मान’ यस पटक वरिष्ठ कवि राजेश ढुङ्गानालाई प्रदान गरिने भएको छ ।
विगत साडे चार दशकदेखि कविता लेखनमा सक्रिय ढुङ्गानाका सयौँ फुटकर कविता प्रकाशित छन् भने एउटा कविता सङ्ग्रह ‘सुकिला मान्छेको सामूहिक मृत्यु’ प्रकाशित छ ।
यो साहित्यिक सम्मान तथा पुरस्कार पूर्वकै सर्वाधिक सम्मानित साहित्यिक सम्मान र पुरस्कार मानिन्छ । यो सम्मानमा रु. २५ हजारको नगद राशिको पुरस्कारसमेत रहने छ ।
उक्त सम्मान तथा पुरस्कार पुस २६ गते लेखनाथ पुस्तकालय झापामा एक कार्यक्रमको आयोजना गरी हस्तान्तरण गरिने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण