६ दिनमा नै ५ सय करोडभन्दा बढी कमायो एनिमलले
मुम्बई । एनिमलले विश्वभर ५२७.६० करोड भारतीय रुपैयाँ संकलन गरेको छ । रणवीर कपुरको फिल्मले रिलिजको छैटौँ दिनमा यो उपलब्धि हासिल गरेको हो ।यो उनको करियरको दोस्रो उत्कृष्ट फिल्म बनेको छ । यसले ब्रह्मास्त्रको कूल आम्दानीलाई उछिनेको छ।
ब्रह्मास्त्रको विश्वव्यापी कलेक्सन ४१८ करोड रुपैयाँ थियो । एनिमलअघि रणवीर कपूरको २०१८ मा रिलिज भएको सञ्जु छ, जसले विश्वभर ५८६ करोडको व्यापार गर्यो।
फिल्मले घरेलु बक्स अफिसमा मात्रै ३ सय करोड कमाएको छ । बुधबार फिल्मले घरेलु बक्स अफिसमा २९.६१ करोडको कलेक्सन गरेको थियो । फिल्मको कूल कलेक्सन ३१२.९६ करोड पुगेको छ । यी तथ्याङ्कहरू सबै भाषाहरूको लागि हुन्।
एनिमलको अहिलेसम्मको कलेक्सन
पहिलो दिन– ११६ करोड
दोस्रो दिन – १२० करोड
तेस्रो दिन – १२० करोड
चौथो दिन – ६९ करोड
पाँचौं दिन – ५६ करोड रुपैयाँ
छैटौं दिन– ४६.६० करोड (यी तथ्याङ्कहरू विश्वव्यापी बक्स अफिसका हुन्।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण