बुधबार, ०३ असार २०८३
ताजा लोकप्रिय

आरबीले ल्याए ‘तिम्रै मुस्कान...’

शनिबार, २४ चैत २०७४, १० : २७
शनिबार, २४ चैत २०७४

काठमाडौं – गायक आरवी पुनले ‘तिम्रै मुस्कान...’ बोलको गीत सार्वजनिक गरेका छन् । रुपन्देही लक्ष्मी टोलका पुन अहिले पोर्तुगल बस्दै आएका रामबहादुर पुनले गीत भने आरवीपुनको नाम मार्फत ल्याएका हुन् । गीतमा निरोज लामाको संगीत, राजकुमार देवकोटाको शब्द, अमोश तामाङको एरेञ्ज रहेको छ ।
फिल्मी, पप, रोमान्टिक र आधुनिक तथा लोक पप गीतमा रुची राख्ने उनका सङ्गीत गुरु सुर्य दयालु हुन् । पाँच वर्षदेखि विदेशमा रहँदै आएका उनको केही समय पहिला ‘साहिँली तिमीलाई...’बोलको गति आएको थियो । 
गायन, लेखन र संगीत संयोजनलाई सँगसँगै अघि बढाएका उनले अहिलेसम्म अञ्जु पन्त, मेलीना राई, प्रताप लामा, बिन्दु परियार, भगवान भुजेललगायतका गायक गायिकासँग गीत गाएका छन् । उनका एक दर्जन भन्दा बढी गीत स्रोता÷दर्शकमाझ आएका छन् । 
‘संगीत भोगाई अनुभव र अनुभुतीहरुलाई अभिव्यक्त गर्ने माध्यम हो र संगीत मेरोलागी मनको प्यास हो जुन प्यासले मलाई निरन्तर साधनातिर धकेल्ने गर्छ’, भन्छन् आरबी पुन । आफ्ना अन्य गीत जस्तै तिम्रै मुस्कानले पनि स्रोता÷दर्शकको साथ पाउनेमा आशावादी रहेको उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप