आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

राजीवको ‘लप्सी फेदीमा’ श्रद्धाको अभिनय

शुक्रबार, २२ मङ्सिर २०८०, १२ : ०१
शुक्रबार, २२ मङ्सिर २०८०

काठमाडौँ । एक समयको हिट गीत ‘बलेको आगो जलेको प्रेम...’का गायक राजीव लोहनीको नयाँ गीत ‘लप्सी फेदीमा’ सार्वजनिक भएको छ ।

मन्दिरा ढुङ्गेलको शब्द रहेको गीतमा राजीवलाई गायनमा अस्मिता अधिकारीले साथ दिएकी छन् । राजीवकै सङ्गीत रहेको गीतमा प्रिन्स नेपालीको एरेन्ज छ ।

भिडियोमा अभिनेत्री श्रद्धा क्षेत्री र गायक राजीवको अभिनय छ । सुब्रतराज आचार्यको निर्देशन रहेको भिडियोमा उत्सव दाहालको छायांकन र टेकेन्द्र शाहको सम्पादन छ । 

गायक राजीवका ‘बलेको आगो जलेको प्रेम...’, ‘फूल रोज्दा काँडा पाएँ’ , ‘खुसी आउँछ उमङ्ग लिएर’, ‘रेटियो मुटु’ जस्ता गीतहरू बाहिर आएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप