५ वर्ष फिल्मबाट किन टाढा रहिन् करिश्मा ?
काठमाडौँ । एक समय अभिनेत्री करिस्मा श्रेष्ठ अभिनेता सलोन बस्नेतसँगको प्रेमको कारण चर्चामा थिइन् । लक्ष्मण सुवेदी निर्देशित फिल्म ‘एउटा साथी’बाट अभिनयमा डेब्यु गरेकी करिश्मा सोही फिल्म अभिनय सिलसिलामै सलोनसँग नजिकिएकी थिइन् ।
‘एउटा साथी’पछि ‘लभ सब’ र ‘बाबु कान्छा’ लगातार अभिनय गरेकी करिश्माको ‘बाबु कान्छा’ अभिनयपछि सलोनसँग ब्रेकअप भयो । प्रेममा ब्रेकअफ भएपनि उनी केही समय फिल्मबाट टाढा रहिन् ।
करिब ५ वर्ष फिल्म अभिनयबाट टाढा रहेकी करिश्मा अहिले फिल्ममा फर्किएकी छन् । उनी एकपछि अर्काे फिल्ममा देखिन थालेकी छन् । हालै फिल्म ‘मायावी’को छायांकन सकाएकी करिश्मा फिल्म ‘११ ः५५’मा पनि देखिने भएकी छन् । बिहीबार निर्माण घोषणा भएको फिल्ममा उनी मुख्य कलाकारको रुपमा देखिन लागेकी हुन् । फिल्मको लागि उनी निकै उत्साहित छन् ।
बिहीबार एक कार्यक्रमबिच घोषणा भएको फिल्म ‘११ ः५५’को कार्यक्रममा करिब ५ वर्षपछि उनले मिडियाको सामना गर्नुपर्यो । उक्त अवसरमा मिडियाले फिल्मबाट टाढा रहनुको कारण नसोध्ने कुरै भएन । आफूलाई अझै उत्कृष्ट रुपमा तयार गर्न केही समय फिल्मबाट ब्रेक लिएको उनले बताइन् ।
‘फिल्मका अफर मलाई धेरै आएको थियो । कथा चित्त नबुझेर नगरेको हो’, उनले भनिन्, ‘यो ग्यापको समय आफूलाई उत्कृष्ट बनाउन समेत लागि परे ।’ करिश्मा अहिले जोडिएको दुबै फिल्म राम्रो कथा भएकोले बताउँछिन् ।
यी फिल्ममा आफू पहिले भन्दा सशक्त रुपमा देखिने उनको भनाई छ । यी फिल्म रिलिजपछि आफ्नो अभिनय करियरले समेत फड्को मार्ने उनको धारणा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खाता बन्द भएपछि पनि सरकारी कोषबाट कसरी खर्चिइयो १८ अर्ब ?
-
सबै पुराना स्मार्ट लाइसेन्सको छपाइ सम्पन्न, नयाँ २४ घण्टाभित्रै
-
अर्जेन्टिनाको ‘म्याजिकल’ कमब्याक शृंखला, इङ्ल्यान्डले कस्तो गल्ती गर्यो ? (भिडियो)
-
अब हाम्रो नेतृत्वको सरकारले सुशासन र समृद्धिको जग बसाल्छः खगराज भट्ट
-
कमेडी शो ‘लुरे बुढा, भुँडे बुढी’ लिएर आउँदै इकु र स्नेहा
-
किन एकपछि अर्को गर्दै एक्लिँदै छ नेकपा एमाले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण