पोर्चुगलको राजदूतमा सिफारिस सनिल नेपालको सुनुवाइ
काठमाडौँ । सरकारले पोर्चुगलका लागि आवासीय राजदूतमा सिफारिस गरेका सनिल नेपालको संसदीय सुनुवाइ सुरु भएको छ ।
शुक्रबार सिंहदरवारमा संसदीय सुनुवाइ समितिमा भएको सुनुवाइका क्रममा नेपालले शैक्षिक योग्यताबकारे सदस्यहरुको जिज्ञासामा त्रिभुवन विश्वविद्यालयबाट अंग्रेजी र समाजशास्त्रमा स्नातकोत्तर उत्तीर्ण गरेको बताएका छन् ।
नेपालले आफूले पब्लिक डिप्लोमेसीमा अब्बल भएर काम गरेको दाबी समेत गरेका छन् ।
उनले आफू राजदूतमा नियुक्त भएपछि नेपालको संविधान र कानुनको परिधिभित्र रहेर उत्कृष्ट काम गर्ने प्रतिबद्धता समेत जनाएका छन् ।
उनले पोर्चुगलमा पहिलोपटक राजदूतावास स्थापना हुन लागेकोले त्यहाँ रहेका नेपालीलाई सहज हुनेगरी सेवा प्रवाह गर्ने, नेपाल र पोर्चुगल सरकारबिच सम्बन्ध सुदृढ गर्न काम गर्ने, दुईपक्षीय भ्रमण आदानप्रदान र सहयोग आदान प्रदानका लागि पहल गर्ने बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा ३३ अर्ब हाराहारीको बजेट सार्वजनिक हुँदै, ३ बजे प्रदेश सभा बैठक बस्ने
-
इंग्ल्याण्ड र क्रोएसियाको खेल खेलाउने रेफ्री टर्पिन, जसलाई टुकलले दिएका थिए ‘ग्रेड ई’ को दर्जा
-
संसदीय समितिमा चार सदस्यहरू हेरफेर
-
रास्वपा कर्णाली अधिवेशन: निर्वाचन प्रक्रिया सुरु
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक नेपालभरको प्रयोगशाला सञ्चालन गर्ने विधेयक होइन : मन्त्री पुन
-
बलियो सरकार, कमजोर नैतिकता र ‘ह्वाटअबाउटिज्म’को दलदल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण