परियार भन्दै आश्रमबाट निकालियो
विराटनगर । विराटनगर–१ स्थित पुष्पलाल चोकमा रहेको जागृति आश्रमले दलित भएकै कारण आश्रममा बस्न नदिएको भन्दै प्रहरीमा उजुरी परेको छ । उर्लाबारी ३ की ६२ वर्षीय शोभा सुन्दासले आफूलाई आश्रममा बस्न दिने भन्दै बोलाएर अन्तिम समयमा दलित भन्दै बाहिर निकालेको बताएकी छन् ।
जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी उनले आश्रमकी सञ्चालक भुवनेश्वरी आचार्यलाई विपक्षी बनाएकी छन् । २०८० मङ्सिर १४ गते उर्लाबारी नगरपालिका वडा नं. ३ को सिफारिससहित पुष्पलाल चोकमा रहेको जागृति आश्र ममा बस्न आएको तर दलितहरुलाई यहाँ राख्न मिल्दैन भनी आफूलाई सो आश्रमबाट हटाइ दिएको सुन्दासले निवेदनमा उल्लेख गरेकी छन् ।
हाल नेपाल छुवाछुत मुक्त देश भइसक्दा समेत दलितमाथि हेला होचो गरेको हुँदा विपक्षीलाई झिकाइ कारबाही गरी पाउँ भने र उनले उजुरी गरेकी हुन् । दलित अधिकारकर्मी उमेश विश्वकर्माले आश्रमबाटै यस्तो खालको व्यवहार हुनु दुःखद् भएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण