परियार भन्दै आश्रमबाट निकालियो

विराटनगर । विराटनगर–१ स्थित पुष्पलाल चोकमा रहेको जागृति आश्रमले दलित भएकै कारण आश्रममा बस्न नदिएको भन्दै प्रहरीमा उजुरी परेको छ । उर्लाबारी ३ की ६२ वर्षीय शोभा सुन्दासले आफूलाई आश्रममा बस्न दिने भन्दै बोलाएर अन्तिम समयमा दलित भन्दै बाहिर निकालेको बताएकी छन् ।
जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी उनले आश्रमकी सञ्चालक भुवनेश्वरी आचार्यलाई विपक्षी बनाएकी छन् । २०८० मङ्सिर १४ गते उर्लाबारी नगरपालिका वडा नं. ३ को सिफारिससहित पुष्पलाल चोकमा रहेको जागृति आश्र ममा बस्न आएको तर दलितहरुलाई यहाँ राख्न मिल्दैन भनी आफूलाई सो आश्रमबाट हटाइ दिएको सुन्दासले निवेदनमा उल्लेख गरेकी छन् ।
हाल नेपाल छुवाछुत मुक्त देश भइसक्दा समेत दलितमाथि हेला होचो गरेको हुँदा विपक्षीलाई झिकाइ कारबाही गरी पाउँ भने र उनले उजुरी गरेकी हुन् । दलित अधिकारकर्मी उमेश विश्वकर्माले आश्रमबाटै यस्तो खालको व्यवहार हुनु दुःखद् भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँसहित देशका विभिन्न क्षेत्रमा हावाहुरी र वर्षा
-
शान्तिका लागि तयार नभएसम्म राष्ट्रपति पुटिनमाथि दबाब बढाइन्छ : युरोपेली सङ्घ प्रमुख
-
आईसीसी विश्वकप लिग २ शृंखला : एकदिवसीय अभ्यास खेलमा नेपालको जित
-
चितुवाको आक्रमणबाट मृत्यु भएका १४ परिवारलाई १ करोड बढी क्षतिपूर्ति
-
प्रधानमन्त्री ओलीद्वारा सगरमाथा संवादका अतिथिको सम्मानमा रात्रिभोज
-
सेती नदीमा हाम फालेका युवकको सशस्त्र प्रहरीले गर्यो उद्दार