नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चले पुस ७ गते स्टार्टअप फेस्ट आयोजना गर्दै
काठमाडौँ । नेपाल उद्योग परिसंघ अन्तर्गतको नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चले पुस ७ गते स्टार्टअप फेस्ट २०२३ आयोजना गर्ने भएको छ ।
शुक्रबार परिसंघको युवा उद्यमी मञ्चले पत्रकार सम्मेलन गर्दै पुस ७ गते काठमाडौँमा देशकै सबैभन्दा ठूलो स्टार्टअप फेस्ट सीएनआईवाईइएफ स्टार्टअप फेस्ट २०२३ आयोजना गर्न लागेको बताएको हो । परिसंघले नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र राष्ट्रिय योजना आयोगसँगको सहकार्यमा सीएनआईवाईइएफ स्टार्टअप फेस्ट २०२३ आयोजना गर्न लागिएको बताएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले स्टार्टअपलाई अभियानका रुपमा अघि बढाउने, नविन सोच भएका स्टार्टअपहरुलाई लगानी जुटाउन सहयोग गर्ने, र मेक इन नेपाल स्वदेशी अभियानको प्रवद्र्धन एवं नीतिगत बहस गर्ने उद्देश्यले नेपाल स्टार्टअप फेस्ट आयोजना गर्न लागेको बताए । उनले अहिले युवाहरु निराश रहेको भन्दै युवाहरुको फेस्टिभको रुपमा स्टार्टअपहरुको लागि स्टार्टअप फेस्ट गर्न लागेको बताए । उनले नेपालमा पनि केही लगानी गर्न सकिन्छ र नेपालमा नै केही गरौं भन्ने युवाहरुलाई सन्देश दिनको लागि मेला आयोजना गर्न लागिएको बताए ।
उनले मुलुकको आर्थिक अवस्था सिथिल भएकाले युवाहरुलाई जागरुप बनाउने सहि समय भएको बताए । उनले युवाहरुलाई उद्यमसँग जोडेर उद्यमी बनाउने उदेश्यले परिसंघले यस्तो आयोजना गरिएको बताए ।
अध्यक्ष अग्रवालले सीएनआईवाईइएफ स्टार्टअप फेष्ट २०२३ले अर्थतन्त्र चलायमान बनाउनको लागि पनि सहयोग पुग्ने बताए ।
स्टार्टअपहरुलाई सबैभन्दा ठूलो चुनौति लगानीको रहँदै आएकाले नवप्रवर्तनकारी व्यवसायलाई अर्थतन्त्रको महत्वपूर्ण अंगको रुपमा स्थापित गराउन उनीहरुलाई लगानी जुटाएर प्रोत्साहन गर्ने मुख्य उद्देश्य रहेको आयोजकले बताएको छ । मेलामा नीतिगत सुधार एवं नीति निर्माणका लागि सरोकारवालाहरुबीच गहन छलफल गरिनेछ । सीएनआईवाईइएफ स्टार्टअप फेष्ट २०२३ मा दुई सय ५० भन्दा बढी स्टार्टअप्सले लगानीका लागि परियोजनासहित प्रस्ताव पेस गरेका छन् । त्यसमध्ये नेपाल उद्योग परिसंघ, युवा उद्यमी मञ्च, लगानीकर्ताको टिमबाट छानिएका १० देखि १२ वटा उत्कृष्ट स्टार्टअप्सलाई फेष्टमा प्रश्तुतीकरणको अवसर प्रदान गरिनेछ । फेस्टमा २४ करोड ५० लाख रुपैयाँ बराबरको लगानी जुटाउन पनि सफल भएको आयोजकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
-
अमिताभ बच्चनको स्पष्टीकरण, ‘म बिरामी छैन, मेरो पोस्टलाई गलत बुझियो’
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण