मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

बर्दिया क्षेत्र नम्बर १ मा पुसपछि १० हजार परिवारलाई इन्डक्सन चुल्हो वितरण गर्छौं : सांसद अब्दुल खान

शनिबार, २३ मङ्सिर २०८०, १३ : ३९
शनिबार, २३ मङ्सिर २०८०

काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गत रहेको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति समेत रहेका जनमत पार्टीका सांसद अब्दुल खानले आउँदो पुसपछि बर्दियाका १० हजार परिवारलाई इन्डक्सन चुल्हो वितरण गर्ने बताएका छन् ।

हालै दुबईमा भएको कोप–२८ सम्मेलन सहभागी भएका सांसद खानले सिंगापुरमा रहेको ‘सिंगापुर डोनर एजेन्सी’ र नेपालको ‘इन्भाइरोमेन्ट प्रोटेक्सन अर्गनाइजेशन’ का बीच मंसिर १९ गते सहमति भएको बताउँदै पुसपछि बर्दियामा निःशूल्क इन्डक्सन चुल्हो वितरण गरिने बताए ।

यस्तै कोशी प्रदेश, मधेश प्रदेश र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा रहेका बिद्यालयहरुमा खानेपानी ट्याङ्की र फिल्टरको व्यवस्था समेत गरिने सहमति भएको उनले सांसद खानल जानकारी दिएका छन् ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप