बर्दिया क्षेत्र नम्बर १ मा पुसपछि १० हजार परिवारलाई इन्डक्सन चुल्हो वितरण गर्छौं : सांसद अब्दुल खान
शनिबार, २३ मङ्सिर २०८०, १३ : ३९
काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गत रहेको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति समेत रहेका जनमत पार्टीका सांसद अब्दुल खानले आउँदो पुसपछि बर्दियाका १० हजार परिवारलाई इन्डक्सन चुल्हो वितरण गर्ने बताएका छन् ।
हालै दुबईमा भएको कोप–२८ सम्मेलन सहभागी भएका सांसद खानले सिंगापुरमा रहेको ‘सिंगापुर डोनर एजेन्सी’ र नेपालको ‘इन्भाइरोमेन्ट प्रोटेक्सन अर्गनाइजेशन’ का बीच मंसिर १९ गते सहमति भएको बताउँदै पुसपछि बर्दियामा निःशूल्क इन्डक्सन चुल्हो वितरण गरिने बताए ।
यस्तै कोशी प्रदेश, मधेश प्रदेश र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा रहेका बिद्यालयहरुमा खानेपानी ट्याङ्की र फिल्टरको व्यवस्था समेत गरिने सहमति भएको उनले सांसद खानल जानकारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण