सङ्घीयता सिक्न प्रदेशका सांसदहरू अमेरिकामा
पोखरा । नेपालमा सङ्घीयता नयाँ छ । प्रदेश संरचनालाई वित्तीय अधिकार धेरै नदिएका कारण आलोचना बढी भइरहेको छ । प्रदेशले उल्लेख्य नतिजा निकाल्न पनि सकेको छैन । त्यसैले सङ्घीयतामाथि प्रश्न बढेको छ ।
नेपालको सङ्घीय संरचनालाई संस्थागत गर्न र प्रदेश संरचनालाई मजबुत बनाउने उद्देश्यले नेपालका सातै प्रदेशका सांसदहरू सङ्घीयता सिक्न अमेरिका गएका छन् । हरेक प्रदेशबाट १–१ जना सांसद छानेर अमेरिकी विदेश विभागले अमेरिका लगेको हो ।
भ्रमणमा गण्डकी प्रदेशकी सांसद सरस्वती गुरुङसहित कोशी प्रदेशका बाबुराम गौतम, बागमतीका अमनकुमार मास्के, कर्णालीकी सन्तोषी शाही छन् । यस्तै, सुदूरपश्चिम प्रदेशकी ललिता देवी सुनार, लुम्बिनीकी निर्मलादेवी थारु र मधेस प्रदेशका सन्जयकुमार यादव गएका छन् । १६ दिनको भ्रमणमा उनीहरुले नेपालमा प्रादेशिक सरकार सुदृढीकरणबारे अध्ययन गर्नेछन् ।
सङ्घीय, राज्य र स्थानीय सरकारबीच अधिकार र जिम्मेवारीको विभाजन सहित अमेरिकी सङ्घीय शासन प्रणालीको संरचना र कामबारे अध्ययन गरिने भ्रमण दलकी सदस्य गुरुङले जानकारी दिइन् । यस्तै, सीमान्तकृत समुदायका महिलाहरूको सहभागिता र प्रतिनिधित्वलाई प्रवर्द्धन गर्न राष्ट्रिय, प्रदेश र स्थानीय तहमा कानुनी, नियामक र नीतिगत मुद्धाहरुमा पैरवी गर्न विज्ञहरूसँग अन्तर्क्रिया हुनेछ । टोली मङ्सिर ३० गते नेपाल फर्किनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अत्यावश्यक औषधि उत्पादनको समझदारी
-
दुई फर्मलाई विभागको जरिवाना
-
२ सय ५० मेट्रिकटन डिएपी मल विराटनगर आइपुग्यो
-
१२ बजे १२ समाचार: आशिका तामाङको चेक बाउन्स प्रकरणले हलचल, प्रदेश सरकारबाट बाहिरिन भाखा सार्दै एमाले
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण