‘मानवअधिकारको प्रत्याभूति लोककल्याणकारी राज्यको दायित्व’
कर्णाली । कर्णाली प्रदेशका प्रमुख तिलक परियारले मानवअधिकारको प्रत्याभूति लोककल्याणकारी राज्यको दायित्व भएको बताएका छन् ।
७५औँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको उपलक्ष्यमा शुभकामना व्यक्त गर्दै उनले नेपालको संविधानले मानवअधिकारलाई मौलिक हकका रूपमा व्यवस्था गरेको बताए । संविधानले सङ्घीयता, धर्मनिरपेक्षता, गणतन्त्र, समानुपातिक, समावेशिता र मानवअधिकारलाई संस्थागत गरेको जनाउँदै उनले यसको संरक्षण, संवर्द्धन र कार्यान्वयन हुनुपर्नेमा जोड दिए ।
उनले आज एक शुभकामना सन्देश जारी गर्दै भनेका छन्, “मानवअधिकारको सम्मान, संरक्षण र प्रवर्द्धनमा ठोस योगदानका लागि संविधानले राष्ट्रिय मानवअधिकार आयोगलगायतका संवैधानिक तथा कानुनी निकायको व्यवस्था गर्नु आफैँमा सन्तोषजनक कुरा हो । यसका साथै सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानविन आयोगसमेत गठन भई क्रियाशील भएका छन् । यसले मानवअधिकारको संरक्षण तथा सम्मानको प्रक्रियालाई सुदृढ बनाउन मार्गप्रशस्त गरेको छ ।”
मानवअधिकारको प्रत्याभूति गराउन सक्नु लोककल्याणकारी राज्यको प्रमुख दायित्व भएको प्रदेश प्रमुख परियारको भनाइ थियो । यद्यपि यसका लागि राज्यका सबै निकायको साझा बुझाई, काममा एकरुपता र प्रभावकारी गतिविधि सञ्चालन हुन जरुरी रहेको उनले आफ्नो सन्देशमा उल्लेख गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण