जीवन र जिन्दगी
आइतबार, २४ मङ्सिर २०८०, १० : ५६
सोच्छु जीवन
सबैको सहज कहाँ छ र ?
सोच्छु जिन्दगी
सबैको एकनास कहाँ छ र ?
फरक फरक जीवनको
फरक फरक जिन्दगीको
कथा बोक्दै हिँडेका पात्रहरू
व्यथा बटुल्दै हिँडेका यात्रीहरू
भेटेकै हुन्छु, बुझेकै हुन्छु
उनीहरूको जीवनकहानीसँग
डुबेकै हुन्छु
उनीहरूका मर्मवेदनाहरूसँग
भिजेकै हुन्छु
निर्दोषी कत्ति जीवन यहाँ
दोषी बनेकै छन्
दोषी कैयौँ जिन्दगी यहाँ
निर्दोषी बनेकै छन्
फूल कति छन् यहाँ
फुल्न नपाउँदै ओइलाएका
जीवन कति छन् यहाँ
जिउन नपाउँदै बिलाएका
यी जीवन र जिन्दगीको
परिभाषाहरूमा
जीवन र जिन्दगी जिउने
अभिलाषाहरूमा
अलमलिरहेको रुमल्लिइरहेको
जिन्दगी सबैको
जिन्दगी सबैको...।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण