सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

आन्तरिक राजस्व कार्यालय पोखराद्वारा कात्तिक मसान्तमै शतप्रतिशत राजस्व संकलन

आइतबार, २४ मङ्सिर २०८०, ११ : ४९
आइतबार, २४ मङ्सिर २०८०

कास्की । आन्तरिक राजस्व कार्यालय पोखराले कार्तिक मसान्त सम्ममा नै शतप्रतिशत राजस्व संकलन गरेको छ । कार्यालयले चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्म लक्ष्यको १०१.६८ प्रतिशत राजस्व संकलन गरेको हो ।

वार्षिक ६ अर्ब ३९ करोड ४६ लाख ८१ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य कार्यालयको थियो । तर, कात्तिक मसान्त सम्ममा नै १ अर्ब ३८ करोड ४८ लाख ७९ हजार हजार रुपैयाँ राजस्व संकलन भइसकेको पोखरा स्थित आन्तरिक राजस्व कार्यालयले जनाएको छ । 

कार्यालयले कात्तिक मसान्त सम्ममा निर्धारित लक्षको आयकर तर्फ १३४.५० प्रतिशत, अन्तः शुल्क तर्फ ११६.३६ प्रतिशत र मू.अकर तर्फ ७८.१४ प्रतिशत राजस्व संकलन गर्न सफल भएको कार्यालयले जनाएको छ ।

आन्तरिक राजस्व कार्यालय पोखरामा कात्तिक मसान्त सम्ममा आयकरमा ६६ हजार ८७५ करदाता दर्ता भएका छन् । यसैगरी मू.अ.करमा १२ हजार ९३, अन्तः शुल्कमा ४ हजार ४७० करदाता दर्ता भएका छन् । 

व्यक्तिगत स्थायी लेखा नम्बर लिने करदाताको संख्या १ लाख ६२ हजार ३९० पुगेको छ ।

आन्तरिक राजस्व कार्यालय पोखराले बिभिन्न कार्यक्रमहरूको आयोजना गरी राष्ट्रिय कर दिवस तथा कर सप्ताह कार्यक्रम – २०८० सम्पन्न गरेको छ । “स्वच्छ, पारदर्शी र प्रविधिमैत्री कर प्रशासन, सामाजिक न्याय, आर्थिक समृद्धि र सुशासन” भन्ने नारा सहित बिहीबार एक कार्यक्रमका बिच राष्ट्रिय कर दिवस तथा कर सप्ताह सम्पन्न भएको हो ।

करदातालाई सम्मान तथा कर सप्ताह कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका प्रमुख सचिव लक्ष्मीकुमारी बस्नेतले करदाता र कर प्रशासनको सम्बन्धमा सुदृढ बनाउँदै लग्नुपर्ने बताए । उनले कर चेतना अभिवृद्धिका लागि करदाता शिक्षा कार्यक्रम निरन्तर सञ्चालन हुनुपर्ने बताए ।

यसैगरी कार्यक्रममा बोल्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्का सचिव एवं आन्तरिक राजस्व विभागका पूर्व महानिर्देशक विनोद बहादुर कुँवरले कर प्रशासनमा दिनानुदिन सुधार हुँदै आइरहेको बताउँदै कर प्रशासनलाई अन्तर्राष्ट्रिय स्तरको बनाउनु पर्नेमा जोड दिए ।

कार्यक्रममा आयकर तर्फ धेरै कर तिर्ने करदाताहरूलाई सम्मान गरिएको छ । जसमा बैंक तथा वित्तीय सेवा तर्फ जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड, व्यापार तर्फ माछापुच्छ्रे मेटल एण्ड मेशीनरी वर्क्स प्रा.लि. र उद्योग तर्फ कर्माचार्य वेक्स एण्ड फुड्स प्रा.लि. सम्मानित भएका छन् । 

कार्यक्रममा उत्कृष्ट कर्मचारी टाइपिष्ट नायब सुब्बा कृष्णहरि गौतमलाई सम्मान गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप