लोसपाले ९ एजेन्डामा छलफल गर्दै, दल दर्तादेखि लेबी निर्धारणसम्म
काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)को केन्द्रीय समितिको बैठकमा विभिन्न नौ वटा एजेन्डामा छलफल सुरु भएको छ ।
लोसपाले राष्ट्रिय सभा निर्वाचन प्रयोजनको लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने एजेन्डा पहिलो नम्बरमा नै राखेको छ । माघ ११ गते हुने चुनावका लागि निर्वाचन आयोग दल दर्ता गर्न सूचना जारी गरेको छ ।
भागबन्डाको आधारमा लोसपाले राष्ट्रिय सभामा एक सिट पनि पाउने छैन । त्यस अवस्थामा चुनावमा भाग लिने कि नलिने विषयमा छलफल हुने बताइएको छ ।
त्यस्तै, पुस दोस्रो साताभित्र मधेस प्रदेशमा जिल्ला अध्यक्षसहित विस्तारित केन्द्रीय समितिको बैठक गर्ने विषय दोस्रो एजेन्डामा राखिएको छ । त्यसैसरि, पार्टीलाई आत्मनिर्भर बनाउनका लागि लेबी निर्धारणबारे अध्ययन गर्न गठन गरिएको कार्यदलले तयार पारेको प्रतिवेदनमाथि छलफल पनि छलफल हुनेछ ।
सह–अध्यक्ष–१, वरिष्ठ उपाध्यक्ष–१, उपाध्यक्ष–१, महासचिव–१, सह–महासचिव १५ जना रहने गरी पार्टीको राजनीतिक कार्यदिशा सम्बन्धी प्रतिवेदन तयार पार्न कार्यदल गठन गरिने सम्बन्धमा पनि छलफल हुने बताइएको छ । वरिष्ठ उपाध्यक्ष–२, उपाध्यक्ष–२, महासचिव–२, सह–महासचिव–१, सचिव–१, कोषाध्यक्ष–१ जना रहने गरी पार्टीको सङ्गठन सुदृढीकरण सम्बन्धी प्रतिवेदन तयार गर्न अर्को कार्यदल गठन गर्ने विषयमा पनि छलफल हुने बताइएको छ ।
त्यस्तै, पार्टीको भातृ सङ्गठन, विभागहरूको सङ्ख्या निर्धारण सम्बन्धमा पार्टीको विधान बमोजिम प्रतिवेदन तयार गरी इन्चार्ज सह इन्चार्ज तोक्न गृहकार्य गर्नका लागि वरिष्ठ उपाध्यक्ष–१, उपाध्यक्ष–२, महासचिव–२, सह महासचिव–२, सचिव २१ जना रहने गरी कार्यदल गठन गर्ने विषयमा पनि छलफल हुने बताइएको छ । पार्टीको अन्तरिम विधान पुनरावलोकन गर्न पनि कार्यदल बनाउनेमा विषयमा पनि छलफल हुने लोसपाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एआईले बनाएको ‘विश्वकै पहिलो’ खोपको सफल परीक्षण
-
बिदा सकिएर पनि कार्यक्षेत्रमा नफर्कने कर्मचारीलाई ३ दिनभित्र हाजिर नभए कारबाही गर्ने चेतावनी
-
हिमालय एअरलाइन्सद्वारा शेन्जेन–काठमाडौँ सिधा उडान सुरु, एकै दिन आए १७५ चिनियाँ पर्यटक (तस्बिरहरू)
-
आज पनि घट्यो सुनचाँदीको मूल्य
-
विद्युत् नियमन आयोगको अध्यक्षमा १० जनाको दरखास्त, सदस्यमा २२ जना
-
प्रधानमन्त्रीको राजीनामा माग्दै नेविसंघको प्रदर्शन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण