पालिकाबाटै सामाजिक सुरक्षा भत्ता वितरण
आइतबार, २४ मङ्सिर २०८०, १३ : ५०
खजुरा । बाँकेको जानकी गाउँपालिकाले ज्येष्ठ तथा अशक्त नागरिकलाई गाउँपालिकाबाटै सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेको छ ।
यसअघि सामाजिक सुरक्षा भत्ता लिन ज्येष्ठ तथा अशक्त नागरिकहरुलाई नेपालगञ्ज बजार जानुपर्ने बाध्यता थियो । गाउँपालिकाबाटै सामाजिक सुरक्षा भत्ता वितरण भएपछि स्थानीय ज्येष्ठ नागरिक र अशक्त व्यक्तिलाई सहज भएको छ ।
गाउँपालिकाले कार्यालयबाट भत्ता वितरण सेवा दिएपछि आफूहरुलाई सहज भएको स्थानीय रामबहादुर शाहीले बताए । ज्येष्ठ तथा अशक्त नागरिकका समस्यालाई दृष्टिगत गरी सामाजिक सुरक्षा भत्ता वितरण गाउँपालिकाबाटै सुरु गरिएको जानकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिलबहादुर पौडेलले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण