प्रदीपले गरे ‘एक्टर’को घोषणा
काठमाडौँ । ‘प्रेमगीत ३’ र ‘प्रकाश’ पछि केही समय फिल्मबाट बाहिर रहेका अभिनेता प्रदीप खड्का पछिल्लो समय एकपछि अर्को फिल्म घोषणा गरिरहेका छन् ।
केही अगाडि ‘ऐरी’ फिल्म अभिनय गर्न लागेको सार्वजनिक गरेका प्रदीपले फेरि नयाँ फिल्म घोषणा गरेका छन् । उनले अहिले घोषणा गरेको नयाँ फिल्मको नाम ‘एक्टर’ रहेको छ । राजन भुषालको निर्देशन रहने फिल्म अर्धृत फिल्मसको ब्यानरमा बन्न लागेको हो । बदलाको कथामा भनिएकोे फिल्म प्रदर्शन २०२५ मा हुने उल्लेख छ ।
केही दिन अगाडि रातोपाटीसँगको अन्तरवार्तामा यो वर्ष ४/ ५ फिल्म अभिनय गर्ने बताएका प्रदीप एकपछि अर्को फिल्म घोषणा गरिरहेका छन् । प्रदीप केही दिन अगाडि मात्र दिनेश राउतको निर्देशन रहने ‘पूजार सार्की’मा पनि अनुबन्धित भएका थिए ।
फिल्म ‘एक्टर’को घोषणा गरेपनि प्रदीपले छायांकन, अन्य कलाकार र प्राविधिक पक्ष भने सार्वजनिक गरेका छैनन् । ‘एक्टर’को कथा एकदमै राम्रो लागेकोले आफू जोडिएको उनले बताए । ‘फिल्मको अहिले प्रि–प्रोडक्सन कार्य भइरहेकोले छिट्टै पुरै टिम सार्वजनिक हुनेछ’ उनले थपे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण