शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

प्रदीपले गरे ‘एक्टर’को घोषणा

आइतबार, २४ मङ्सिर २०८०, १६ : २८
आइतबार, २४ मङ्सिर २०८०

काठमाडौँ । ‘प्रेमगीत ३’ र ‘प्रकाश’ पछि केही समय फिल्मबाट बाहिर रहेका अभिनेता प्रदीप खड्का पछिल्लो समय एकपछि अर्को फिल्म घोषणा गरिरहेका छन् ।

केही अगाडि ‘ऐरी’ फिल्म अभिनय गर्न लागेको सार्वजनिक गरेका प्रदीपले फेरि नयाँ फिल्म घोषणा गरेका छन् । उनले अहिले घोषणा गरेको नयाँ फिल्मको नाम ‘एक्टर’ रहेको छ । राजन भुषालको निर्देशन रहने फिल्म अर्धृत फिल्मसको ब्यानरमा बन्न लागेको हो । बदलाको कथामा भनिएकोे फिल्म प्रदर्शन २०२५ मा हुने उल्लेख छ ।

केही दिन अगाडि रातोपाटीसँगको अन्तरवार्तामा यो वर्ष ४/ ५ फिल्म अभिनय गर्ने बताएका प्रदीप एकपछि अर्को फिल्म घोषणा गरिरहेका छन् । प्रदीप केही दिन अगाडि मात्र दिनेश राउतको निर्देशन रहने ‘पूजार सार्की’मा पनि अनुबन्धित भएका थिए ।

फिल्म ‘एक्टर’को घोषणा गरेपनि प्रदीपले छायांकन, अन्य कलाकार र प्राविधिक पक्ष भने सार्वजनिक गरेका छैनन् । ‘एक्टर’को कथा एकदमै राम्रो लागेकोले आफू जोडिएको उनले बताए । ‘फिल्मको अहिले प्रि–प्रोडक्सन कार्य भइरहेकोले छिट्टै पुरै टिम सार्वजनिक हुनेछ’ उनले थपे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप