अर्जुनको उत्कृष्ट ब्याटिङका बाबजुद लगातार दोस्रो खेलमा नेपाल पराजित
काठमाडौँ । दुबईमा जारी यू–१९ एसिया कपमा नेपालले लगातार दोस्रो हार बेहोरेको छ । आइतबार भएको खेलमा नेपाल अफगानिस्तानसँग ७३ रनले पराजित भएको हो । नेपाल पहिलो खेलमा पाकिस्तानसँग ७ विकेटले पराजित भएको थियो ।
अफगानिस्तानले प्रस्तुत गरेको २ सय ६२ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले ४०.१ ओभरमा सबै विकेट गुमाएर १ सय ८८ रन मात्र बनाउन सक्यो । नेपालका लागि ओपनर अर्जुन कुमालले उत्कृष्ट ब्याटिङ गरे पनि टोलीलाई जीतसम्म डोर्याउन सकेनन् ।
उनले १ सय ८ बलमा ९१ रन बनाउँदै टोलीको स्कोरलाई अघि बढाएका थिए । उनले यस क्रममा १३ चौका प्रहार गरे । कुमालबाहेक अन्य ब्याट्सम्यानले खुलेर रन बनाउन सकेनन् ।
कप्तान देव खनाल २४ रन बनाएर पभेलियन फर्किए भने गुल्सन झाले १७ रन तथा दीपक बोहराले १५ रन बनाए । त्यस्तै दीपेश कँडेलले ११ रन बनाउन बाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले जमसिद जादरानको शतकीय पालीको मद्दतले ४९.३ ओभरमा सबै विकेट गुमाएर २ सय ६१ रन बनाएको थियो । रिटायर्ट आउट हुन अघि जादरानले १ सय ५२ बलमा १ सय ६ रन बनाए । उनले आठ चौका प्रहार गरे ।
त्यस्तै, विकेटकिपर नुमान शाहले ६० रन तथा राहिमुल्लाह जुरमातीले ३५ रनको योगदान दिए । नेपालका लागि हेमन्त धामी, गुल्सन झा र सुवास भण्डारीले २–२ विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले र नेकपाका दुई नेता मेन्याङ्बो र आङ्बोको दौडधुप बाक्लियो
-
भारतमा ‘कक्रोच’ आन्दोलनले बढायो सरकारमाथिको दबाब
-
‘सरकार इमानदार भए अस्वाभाविक मूल्यवृद्धि हुँदैन’
-
बालविवाह रोक्न कोशी प्रदेशका विद्यालयमा विशेष अभियान
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण