प्रदेश प्रमुख शर्मा अस्पताल भर्ना
हेटौंडा । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्मा अस्पतालमा भर्ना भएका छन् । स्वास्थ्यमा समस्या देखिएपछि उनी अस्पताल भर्ना भएका हुन् ।
उनलाई शनिबार बिहानदेखि स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको प्रदेश प्रमुख शर्माका प्रमुख स्वकीय सचिव पारसमणि फुयालले जानकारी दिए ।
चिन भ्रमणबाट गत शुक्रबार स्वदेश फिर्ता भएका प्रदेश प्रमुख शर्मालाई ज्वरो आउने लगायतका स्वास्थ्य समस्या देखिएको थियो । फुयालका अनुसार प्रदेश प्रमुख शर्माको काठमाडौँको हेल्पिङ ह्याण्ड सामुदायिक अस्पताल चाबहिलमा उपचार भइरहेको छ ।
मुटु सम्बन्धी समस्या झेल्दै आएका शर्मालाई शनिबार ज्वरो आएको थियो । ज्वरो आएलगत्तै अस्पताल पुगेका उनको स्वास्थ्य परीक्षणका क्रममा निमोनिया पनि देखिएका फुयालले बताए ।
उपचाररत प्रदेश प्रमुख शर्माको अहिले स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको फुयालको भनाई छ । चिकित्सकको सल्लाह अनुसार प्रमुख शर्मालाई केही दिन अस्पतालमै राखेर उपचार गरिने स्वकीय सचिव फुयालले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रियंका कार्कीको चलचित्र ‘मास्टर्नी’ को टिजर सार्वजनिक
-
साउनको दोस्रो सोमबार पशुपतिसहित देशभरका शिवालयमा भक्तजनको घुइँचो
-
चितवनमा सडक निर्माण अलपत्र छाड्ने ठेकेदार कम्पनीको ठेक्का अन्त्य
-
सुनसरीका दुई गाउँपालिकामा पनि ५ जना भन्दाबढी भेला हुन निषेध
-
बाढी र पहिरोले देशभरका मुख्य राजमार्ग अवरुद्ध, कहाँ-कहाँ रोकिए सवारी ?
-
सुनसरीमा दुई समुदायको बिचमा झडप, सुरक्षाकर्मीको गोलीबाट एक जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण