आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय
प्रगति विवरण

विभागमा दाहालको ७ महिने कार्यकाल : २ मेनपावरको लाइसेन्स खारेज, १६ निलम्बनमा

सोमबार, २५ मङ्सिर २०८०, २२ : ४५
सोमबार, २५ मङ्सिर २०८०

काठमाडौँ । वैदेशिक रोजगार विभागबाट सरुवा भएका मदन दाहालले महानिर्देशकको रुपमा गरेको कामका विवरण सार्वजनिक गरेका छन् । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागमा सरुवा भएका उनले आफ्नो ७ महिने कार्यकालमा गरेको कामको विवरण सार्वजनिक गरेका हुन् । 

गत जेठ ४ गते वैदेशिक रोजगार विभागमा हाजिर भएका दाहालले सात महिने कार्यकालमा उनले आफ्नो कार्यकालमा २ वटा मेनपावर व्यवसायीको लाइसेन्स खारेज गरेका थिए । एक मेनपावर व्यवसायीको कारबाही भने फिर्ता भएको छ ।  श्रममन्त्री शरतसिंह भण्डारी समक्ष पुनरावलोकनका लागि परेको निवेदनमाथि छानबिन गर्दै लाइसेन्स खारेजीको निर्णय बदर गरेका हुन् ।

दाहालले आफ्नो कार्यकालमा १६ मेनपावर व्यवसायीलाई निलम्बन गरेका छन्  भने ३२ वटा नयाँ मेनपावर कम्पनी दर्ता गराएका छन् । दाहालको कार्यकाल अवधिमा मेनपावर व्यवसायीबाट ठगिएको भन्दै २६९ उजुरी परेका थिए । जसमा १६२ मिलापत्र गराइएको छ । मेनपावर व्यवसायीबाट ठगी वापत २ करोड ९२ हजार ६१३ रुपैयाँ क्षतिपूर्ति पीडितलाई भुक्तानी गराइएको थियो ।

त्यस्तै व्यक्तिगत रूपमा ठगीको भन्दै ५९२ उजुरी परेका छन् । जसमा २३ करोड २७ लाख ९७ हजार रुपैयाँ क्षतिपूर्ति दाबी गरिएको थियो । ६० मुद्दा अदालतमा दर्ता भएका छन् । भने ६८ मुद्दा मिलापत्र गरिएको छ ।

विभागले इजाजत पत्र प्राप्त संस्था र तालिम प्रदाय संस्थाहरूको दर्ता तथा नवीकरण, नामसारी, ठाउँ सारी, वैदेशिक रोजगारीको सिलसिलामा ठगी परेका, अलपत्र परेका, सम्झौता बमोजिम काम र तलब सुविधा नपाएका कामदारहरूको सम्बन्धमा विभागले उच्च निगरानी राख्दै आएको उनको भनाई छ । विभागले गरेको तीव्र अनुगमन तथा अनुसन्धानको कारण वैदेशिक रोजगार पीडितहरुको उत्साह र मनोबल बढ्दै गएको उनको दाबी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप