विभागमा दाहालको ७ महिने कार्यकाल : २ मेनपावरको लाइसेन्स खारेज, १६ निलम्बनमा
काठमाडौँ । वैदेशिक रोजगार विभागबाट सरुवा भएका मदन दाहालले महानिर्देशकको रुपमा गरेको कामका विवरण सार्वजनिक गरेका छन् । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागमा सरुवा भएका उनले आफ्नो ७ महिने कार्यकालमा गरेको कामको विवरण सार्वजनिक गरेका हुन् ।
गत जेठ ४ गते वैदेशिक रोजगार विभागमा हाजिर भएका दाहालले सात महिने कार्यकालमा उनले आफ्नो कार्यकालमा २ वटा मेनपावर व्यवसायीको लाइसेन्स खारेज गरेका थिए । एक मेनपावर व्यवसायीको कारबाही भने फिर्ता भएको छ । श्रममन्त्री शरतसिंह भण्डारी समक्ष पुनरावलोकनका लागि परेको निवेदनमाथि छानबिन गर्दै लाइसेन्स खारेजीको निर्णय बदर गरेका हुन् ।
दाहालले आफ्नो कार्यकालमा १६ मेनपावर व्यवसायीलाई निलम्बन गरेका छन् भने ३२ वटा नयाँ मेनपावर कम्पनी दर्ता गराएका छन् । दाहालको कार्यकाल अवधिमा मेनपावर व्यवसायीबाट ठगिएको भन्दै २६९ उजुरी परेका थिए । जसमा १६२ मिलापत्र गराइएको छ । मेनपावर व्यवसायीबाट ठगी वापत २ करोड ९२ हजार ६१३ रुपैयाँ क्षतिपूर्ति पीडितलाई भुक्तानी गराइएको थियो ।
त्यस्तै व्यक्तिगत रूपमा ठगीको भन्दै ५९२ उजुरी परेका छन् । जसमा २३ करोड २७ लाख ९७ हजार रुपैयाँ क्षतिपूर्ति दाबी गरिएको थियो । ६० मुद्दा अदालतमा दर्ता भएका छन् । भने ६८ मुद्दा मिलापत्र गरिएको छ ।
विभागले इजाजत पत्र प्राप्त संस्था र तालिम प्रदाय संस्थाहरूको दर्ता तथा नवीकरण, नामसारी, ठाउँ सारी, वैदेशिक रोजगारीको सिलसिलामा ठगी परेका, अलपत्र परेका, सम्झौता बमोजिम काम र तलब सुविधा नपाएका कामदारहरूको सम्बन्धमा विभागले उच्च निगरानी राख्दै आएको उनको भनाई छ । विभागले गरेको तीव्र अनुगमन तथा अनुसन्धानको कारण वैदेशिक रोजगार पीडितहरुको उत्साह र मनोबल बढ्दै गएको उनको दाबी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण