पुर्णेन्दुले घोषणा गरे रोमान्टिक ड्रामा ‘पिजे ३’
काठमाडौंँ । केही अगाडि फिल्म ‘चौका दाउ’ दिएका निर्देशक पुर्णेन्दु झाले फिल्म ‘पिजे ३’ निर्माण गर्ने भएका छन् । पाँचवर्षको विश्राम पश्चात फिल्म निर्देशनमा देखिन लागेका उनले यो फिल्म रोमान्टिक ड्रामामा बनाउन लागेका हुन् ।
फिल्मको वर्किङ टाइटल ‘पिजे ३’ राखिएको छ । फिल्ममा प्रेमकथा राधा र रुक्मिणीको माध्यमले व्यक्त गर्ने निर्देशक झाले बताए । ‘यो युवा पुस्ताको प्रेम कथा हो । यसमा राधा र रुक्मिणी दुवैको व्यक्तित्वसँग पात्र प्रभावित हुनेछन् । यसलाई एक वाक्यमा प्रेम, समर्पण र इर्ष्या भन्न सकिन्छ’, निर्देशक झाले भने ।
नयाँ वर्ष सन् २०२४ मै फिल्मको छायांकन गरेर सोही वर्ष हलमा प्रदर्शन गर्ने तयारी झाको छ । फिल्म ‘संरक्षण’ बाट निर्देशनमा डेब्यु गरेका झाले हाल फिल्मको टाइटल समेत घोषणा नगरेर थिम पोस्टर मात्र सार्वजनिक गरेका छन् ।
उक्त पोस्टरमा प्रयोग गरिएका शब्द र कलरले आफ्नो कथाको आभाष दिने उनको भनाई छ । नेपालीसँगै हिन्दी भाषामा समेत निर्माण हुने फिल्म नेपालको कम्पनी पुर्णेन्दु प्रोडक्सन र भारतीय एक कम्पनीसँगको सहकार्यमा निर्माण हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निहारिकालाई सोधपुछको लागि सिंहदरबार वृत्तमा लगियो
-
बागमतीमा सत्ता गठबन्धन भत्किए नेकपाले सरकारको दाबी गर्ने, मुख्यमन्त्रीमा शालिकराम र गंगाको चर्चा
-
भ्रष्टाचार मुद्दामा सुनील पौडेललाई ८ वर्ष कैद, डेढ करोडभन्दा बढी जरिवाना
-
के तेस्रो स्थानका लागि हुने खेलको गोल गोल्डेन बुटको दौडमा गणना हुन्छ ?
-
प्रदेश सरकार फेरबदलबारे मधेसका नेता भन्छन्– बाउले गल्ती गर्दा छोरालाई सजाय दिनु हुँदैन
-
देशभर ६१ प्रतिशतभन्दा बढी धान रोपाइँ सम्पन्न, सुदूरपश्चिम सबैभन्दा अगाडि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण