इन्डोनेशियामा डेढ अर्ब डलर लगानी गर्दै टिकटक
जर्कार्ता । चिनियाँ शर्ट भिडियो शेयरिङ एप टिकटकले इन्डोनेशियामा १ अर्ब ५० करोड अमेरिकी डलर लगानी गर्न लागेको छ । कम्पनीले इन्डोनेशियाको अनलाइन कम्पनी गोटू गोजेकको एउटा अनलाइन एकाई टोकोपेडियाको बहुसंख्यक शेयर किन्न सो लगानी गर्न लागेको हो ।
कम्पनीले इन्डोनेशियाली नियामकहरुले बन्द गरिदिएको आफ्नो अनलाइन व्यवसायलाई सुचारु गर्न खोजिरहेको छ ।
इन्डोनेशियाले अक्टोबरमा साना व्यापारीहरुको संरक्षण गर्न र प्रयोगकर्ताको डेटालाई जोगाउन भन्दै सामाजिक सञ्जाल मञ्चहरुमा खरिदारीमा बन्देज लगाएको थियो । यसका कारण टिकटकले आफ्नो अनलाइन सेवा टिकटक शप बन्द गर्न बाध्य भएको थियो । यो वर्षको शुरुमा टिकटकले इन्डोनेशिया लगायत केही बजारमा अनलाइन शप सेवा सुरु गरेको थियो ।
पछिल्लो सम्झौताअनुसार टिकटकले इन्डोनेशियाको सबैभन्दा ठूलो अनलाइन मञ्च गोटूजको टोकोपेडियाको ७५ दशमलव शून्य १ प्रतिशत शेयर ८४ करोड डलरमा किन्नेछ ।
कम्पनीले लगानीको आकार बढाएर डेढ करोड डलरमा पुर्याउने बताइएको छ । हालै सार्वजनिक भएको एउटा रिपोर्ट अनुसार इन्डोनेशियाको अनलाइन बजार यो वर्ष ६२ अर्ब डलरबाट बढेर सन् २०३०सम्ममा १ खर्ब ६० अर्ब डलरमा पुग्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण