लुम्बिनी प्रादेशिक अस्पतालमा थप नमुना संकलन केन्द्र स्थापना
बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले प्रसूति सेवालाई थप व्यवस्थित गर्नका लागि छुट्टै ल्याब नमुना संकलन केन्द्र स्थापना गरेको छ ।
उक्त संकलन केन्द्रको आज औपचारिक समुद्घाटन गर्दै अस्पतालका महिला प्रसूति रोग विशेषज्ञ डा.भक्तवत्सल रावतले सेवाग्राहीलाई सहज सेवा र उपचारमा सहयोग पुग्ने अपेक्षा गरे ।
यो अस्पतालमा दैनिक २ सय बढी प्रसूति सेवाका लागि आउने गरेको बताउँदै उनले विगतमा एउटै काउन्टर र नमुना संकलन केन्द्र हुँदा हुने भिड व्यवस्थापन हुनुका साथै झन्झट कम हुने विश्वास व्यक्त गरे ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुदर्शन थापाले सेवालाई गुणस्तरीय बनाउनुका आफूहरू लागि रहेको बताए । उनले पछिल्लो समय अस्पतालमा सेवाग्राहीको आकर्षण बढ्दै गएको दाबी गर्दै सो अनुसारको भौतिक संरचना नहुँदा केही समस्या भएको गुनासो गरे । सीमित जनशक्ति र स्रोतसाधनका बाबजुद पनि धेरैभन्दा धेरै र गुणस्तरीय सेवाका लागि प्रयास जारी रहेको बताए ।
लुम्बिनी प्रादेशिक अस्पतालमा गत वर्ष १२ हजार २ सय ७५ को स्वस्थ सुत्केरी सेवा लिएका थिए । उक्त वर्ष अस्पतालमा ४ हजार ४ सय ८२ गर्भवती अप्रेसनबाट सुत्केरी भएको मेडिकल सुपरिटेन्डेन्ट डा. थापाले जानकारी दिए ।अस्पतालका बाल रोग विशेषज्ञ डा. किरणमणि पौडेलले प्रसूति तथा बालबालिकाहरुको ल्याब नमुना संकलन केन्द्रको स्थापनासँगै सेवाग्राहीको सङ्ख्यामा समेत वृद्धि हुने उल्लेख गरे
अस्पतालले सेवालाई सहज बनाउनका लागि हालै मधुमेह रोगको ल्याब परीक्षणका लागि समेत छुट्टै क्लिनिक सञ्चालनमा ल्याएको छ । उक्त काउन्टरमा मधुमेहका बिरामीले बिहान ७ बजे देखिनै सेवा लिन मिल्ने व्यवस्था रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पौडी खेल्ने क्रममा डुबेर बालिकाको मृत्यु
-
१० बजे १० समाचार : अभिषेकले चलाएको यमराजको शासन, रास्वपा पदाधिकारीमा क–कसको चर्चा ?
-
खेलको सातौँ मिनेटमै इंग्ल्याण्डविरुद्ध कङ्गोको गोल
-
विश्वकप : इंग्ल्याण्ड र कङ्गोबिचको खेल सुरु
-
पेट्रोलियम पदार्थको बिक्री सामान्य अवस्थामा फर्कियो, १४ पेट्रोल पम्पको ताला खोलियो
-
पूर्व गोर्खा मेजर खत्रीलाई राजा चार्ल्स तृतीयद्वारा एमबीई पदक प्रदान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण