७४ किलो गाँजासहित ५ जना पक्राउ
काठमाडौँ । मकवानपुर र पाल्पाबाट ७४ किलो गाँजासहित ५ जना पक्राउ परेका छन् । मकवापुरको हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेबाट ७३ किलोग्राम र पाल्पाबाट १ किलोग्राम गरी जम्मा ७४ किलोग्राम गाँजासहित ५ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमध्ये भारत मोतिहारी बस्ने २४ वर्षीय भुषनकुमार र १५ वर्षीय किशोर रहेका छन् । डिएल ४३ एनबी ५९९४ नम्बरको भारतीय गाडीमा सवार उनीहरूलाई इलाका प्रहरी कार्यालय पशुपतिनगर र प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले करिब ४७ केजी गाँजासहित पक्राउ गरेको हो ।
यसैगरी मकवानपुर हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेस्थित चुरियामाई मन्दिर नजिकबाट २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चितवन भरतपुर नगरपालिका–२७ बस्ने ४२ वर्षीय रोशन दमाई र खैरहनी नगरपालिका–१६ बस्ने ५२ वर्षीय डियन महतो रहेका छन् । बा १४ प ३७०८ नम्बरको कारमा सवार उनीहरुलाई प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले करिब २६ केजी गाँजासहित पक्राउ गरेको हो ।
यसैगरी पाल्पाको रैनादेवी छहरा गाउँपालिका– ७ जोगदमारबाट पनि एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा रूपन्देही सैनामैना नगरपालिका–९ बस्ने २२ वर्षीय दिपक सुनार रहेका छन् । उनलाई अस्थायी प्रहरी पोष्ट बेलबासबाट खटिएको प्रहरीले करिब १ केजी गाँजासहित पक्राउ गरेको हो । पक्राउ परेकाहरुमाथि प्रहरीले आवश्यक अनुसन्धान भैरहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तर्राष्ट्रिय कराते पदक विजेता दिया र दीक्षालाई एक्सटेप नेपालको सम्मान
-
तीन बुँदे सहमतिले नेकपालाई सरकार बनाउन सहज, एमालेलाई असहज !
-
परीक्षा सुरु भएको ६ मिनेटमै त्रिवि एमबीएसको प्रश्नपत्र बाहिरियो
-
डा. गाेविन्द केसी र सरकारी टोलीबिच आइतबार वार्ता हुने
-
कांग्रेसको बाटो : अतीतमुखी राजतन्त्र कि भविष्यमुखी गणतन्त्र ?
-
काेशीमा एमालेबाटै मुख्यमन्त्री बन्ने निश्चित, हिक्मत कार्कीको निरन्तरता कि राजीनामा ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण