अनुदानमा कार्यरत स्वास्थ्य कर्मचारीको विवरण माग
सोमबार, २५ मङ्सिर २०८०, १७ : ४९
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुदानमा कार्यरत स्वास्थ्य कर्मचारीको विवरण उपलब्ध गराउन स्थानीय तहलाई आग्रह गरेको छ । मन्त्रालयले एक सूचना जारी गर्दै महानगरपालिका/नगरपालिका/गाउँपालिकामा हाल कार्य गरिरहेको स्वीकृत दरबन्दी बाहेकका कर्मचारीको २०८० साल श्रावण १ गतेदेखि २०८१ साल आषाढ मसान्तसम्मको तलब भत्ताका लागि कर्मचारी विवरण माग गरेको हो ।
स्वीकृत स्थायी दरबन्दी बाहेकका कर्मचारीको विवरण ७ दिन भित्र उपलब्ध गराउन सूचनामा उल्लेख छ । आज बसेको मन्त्रालयको बैंठकले तोकिएको समयमा विवरण उपलब्ध नगराएमा तलब भत्ता निकाशा गर्न नसक्ने जारी सूचना मार्फत जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण