त्रिवि स्नातकोत्तर तहमा विद्यार्थी भर्नाको म्याद एक महिना थप
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय स्नातकोत्तर तहमा विद्यार्थी भर्नाको म्याद एक महिना थप गरिएको छ । त्रिवि मानविकी तथा सामाजिक शास्त्र सङ्काय डीनकाे कार्यालयले भर्नाको म्याद पुस २४ गतेसम्म थप गरेको हो। यसअघि मङ्सिर २५ गतेसम्म मात्र भर्नाको म्याद थियो । अब पुस २४ गतेसम्म भर्नाका लागि आवेदन दिन सकिनेछ।
स्नातकोत्तर तथा अधिस्नातक तह ( MA& PGD) मा नयाँ विद्यार्थी भर्ना सम्बन्धी म्याद थप गरिएको सूचना त्रिभुवन विश्वविद्यालय, मानविकी तथा सामाजिक शास्त्र सङ्काय, डीनको कार्यालयले जनाएको छ।
सेमेस्टर प्रणालीमा आधारित शैक्षिक वर्ष २०२३ (२०८०/०८१) को अधिस्नातक (PGD) तथा स्नातकोत्तर (MA) तहका केन्द्रीय विभागहरू / क्याम्पसहरू तथा विभाग / कार्यक्रमहरूमा नयाँ विद्यार्थी भर्नाको आवेदन फाराम भर्ने समयावधि पुस २४ गतेसम्म थप गरिएको जनाएको छ।
आवेदकहरूले अनलाइन मार्फत आवेदन दिनुपर्नेछ। त्यसका लागि द्वारा entrance.tufohss.edu.np टाइप गरी New Student Registration बाट आफूले भर्ना हुन चाहेको विषय तथा अध्ययन गर्न चाहेको केन्द्रीय विभाग / क्याम्पस/कार्यक्रमहरूका निमित्त अनलाइन आवेदन फाराम भर्न सकिने छ ।
म्याद नाघी प्राप्त हुन आएका र रीत नपुगेका आवेदन फाराम उपर कुनै कार्यवाही नहुने त्रिविले जनाएको छ।
त्रिवि वा त्यसबाट मान्यता प्राप्त शिक्षण संस्थाबाट सम्बन्धित विषयमा स्नातक तह वा सो सरहको परीक्षा उत्तीर्ण गरेका एवम् सम्बन्धित विषय समितिले निर्धारण गरेका मापदण्डहरू पूरा गरेका विद्यार्थीहरू यस प्रवेश परीक्षामा सहभागी हुन सक्ने छन् ।
अनलाइन आवेदन फाराम भर्दा हालसालै खिचेको फोटो र एस.एल.सी. / एस.ई.ई. देखि स्नातक तहसम्म उत्तीर्ण गरेका सम्पूर्ण शैक्षिक प्रमाण-पत्रहरू अनिवार्य रूपमा अपलोड गर्नुपर्नेछ।
आवेदन फाराम पुस २४ गते राती १२:०० बजेसम्म र दोब्बर दस्तुरमा पुस २६ गते राती १२:०० बजेसम्म भर्न सकिनेछ । प्रवेश परीक्षा पुस २७ गतेदेखि हुनेछ।
_S02iYbZECu.jpg)
_yKEUvRpuX4.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण