शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

देश ओरालोमा चलेको स्टार्ट नभएको गाडी जस्तो भएको छ : केपी ओली

मङ्गलबार, २६ मङ्सिर २०८०, १० : ०९
मङ्गलबार, २६ मङ्सिर २०८०

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार एयरपोर्टबाटै क्विन्टलका क्विन्टल सुन तस्करीमा लागेको आरोप लगाएका छन् । 'यस्तो खालको सरकारले देश चलाउँछ ? अहिले देश ओरालोमा चलेको स्टार्ट नभएको गाडी जस्तो भएको छ’, झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राको क्रममा सोमबार राति रामेछापको मन्थलीमा आयोजित कार्यक्रमका बोल्दै ओलीले भने । 

अहिले देशको लागि सुदृढ राष्ट्रिय शक्ति आवश्यक रहेको पनि ओलीले बताए । त्यसकै लागि नेकपा एमालेले यो अभियान चलाएकोउनको भनाइ थियो । 


ओलीले झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राको क्रममा नागरिकबाट अथाह साथ, समर्थन र उत्साह पाएको दाबी समेत गरे । ’यो जाँगरलाई देश बनाउने संकल्पको रूपमा लिएको छु, उत्साहको रूपमा लिएको छु’, ओलीले भने । 

देशको अवस्था नराम्रो भएकोले राम्रो अवस्थामा नबदली नहुने ओलीले बताए । यसको लागि नागरिकको साथ र सहयोग आवश्यक रहेको ओलीले बताए । 
 नेकपा एमालेलाई बचाउने मात्र होइन देशको सबैभन्दा लोकप्रिय पार्टीको रूपमा उठाएको भन्दै ओलीले कार्यकर्ता प्रति आभार प्रकट गरे।

एमाले प्रमुख पार्टी भएर मात्र नपुगेको ओलीले बताए । प्रमुख पार्टी हुनको लागि, सरकारमा जानको लागि वा मन्त्री हुनको लागि मात्र नेकपा एमाले नबनेको उनले स्पष्ट पारे । 
एमालेलाई सरकारबाट हटाएपछि देशको आर्थिक वृद्धिदर ह्वात्तै घटेको ओलीले बताए । 

गठबन्धनले राष्ट्रियताको संरक्षण र विकास गर्छ भन्ने कुरा सोच्दै नसोचे हुने हुने ओलीले बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप