कुटपिटबाट आमाको मृत्यु, छोरा पक्राउ
मङ्गलबार, २६ मङ्सिर २०८०, १२ : २२
भोजपुर । आफ्नै आमाको हत्या गरेको आरोपमा एक जना युवक पक्राउ परेका छन् । छोराले कुटपिट गर्दा घाइते भएकी टेम्केमैयुङ गाउँपालिका-५ खावा बस्ने ४६ वर्षीया पवित्रा देवी राईको मृत्यु भएको हो ।
घरायसी विवादका कारण उनकै छोरा २० वर्षीय सन्देश राईले मङ्सिर ९ गते कुटपिट गरेको र सोही कारण बिरामी भएकी पवित्राको उपचारको लागि जिल्ला अस्पताल भोजपुर लैजाने क्रममा आइतबार दिउँसो बाटोमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । अभियुक्त सन्देशलाई प्रहरीले पक्राउ गरी यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणेश नेपाली आत्मदाह प्रकरण छानबिन गर्न समिति गठन
-
नयाँ फाइबर–अप्टिक ड्रोनमार्फत युक्रेनका विद्युत् सबस्टेशनमा रुसी आक्रमण
-
गणेश नेपालीकाे मृत्यु प्रकरणमा बाेले गृहमन्त्री
-
विराटनगर महानगरपालिकाको पुँजीगत खर्च निराशाजनक, आन्तरिक आम्दानी पनि लक्ष्यभन्दा निकै कम
-
नयाँ जलस्रोत विधेयक र तालिका निर्धारण नीतिको व्यवस्थाले ऊर्जा उद्यमी असन्तुष्ट, लगानीमा ब्रेक लाग्ने चिन्ता
-
डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण