यी हुन् संसारकै सबैभन्दा धेरै तलब थाप्ने सीईओहरु
काठमाडौँ । प्रमुख कार्यकारी अधिकारी अर्थात् सीईओहरुको तलब सधैँ चर्चाको विषय हुने गर्छ । संसारमा यस्ता सीईओहरु पनि छन् जसले बर्सेनि औसत कर्मचारीको तुलनामा सयौँ गुणा बढी तलब, सुविधा थापिरहेका छन् । आम कर्मचारीहरूलाई हात मुख जोर्न गाह्रो भइरहँदा सीईओहरुले बोकी नसक्नुको तलब पाउनुले यिनीहरूको तलब सुविधाबारे चासो धेरै हुने गरेको छ ।
विश्वको सबैभन्दा ठुलो वैकल्पिक लगानी व्यवस्थापन कम्पनी ब्ल्याकस्टोनका सीईओ स्टेफन ए. स्र्वाजम्यानले २५ करोड ३० लाख डलर घर लगेका छन् । ब्ल्याकस्टोनको शेयर मूल्यमा भएको वृद्धिसँगै स्वार्जम्यानलाई कम्पनीले दिएको बेच्न मिल्ने शेयरको मूल्य बढ्दा समग्रमा तलब सुविधामा उनले सबैलाई पछाडि पारेका हुन् ।
दोस्रो स्थानमा गुगलको मातृ कम्पनी अल्फाबेट इंकका सीईओ सुन्दर पिचाई छन् । पिचाईले समीक्षा अवधिमा तलब सुविधा बेच्न मिल्ने शेयर आदि गरेर २२ करोड ६० लाख डलर पाएका छन् । कार भाडामा दिने अमेरिकी कम्पनी हर्जका सीईओ स्टे्फन एम शेर्रले १८ करोड २० लाख डलर घर लगेका छन् । शेर्रले कम्पनीको कायापलटमा महत्त्वपूर्ण खेलेका थिए ।
अमेरिकी एक्सरसाइज उपकरण निर्माता तथा सञ्चार कम्पनी पेलोटनका सीईओ बेरी म्याकर्थीले पनि १६ करोड ८० लाख डलर तलब सुविधा बुझेका छन् । पाँचौँ स्थानमा भने लाइभ नेशनका माइकल रापिनो छन् । रापिनोको तलब सुविधा १३ करोड ९० लाख डलर छ । अमेरिकी बहुराष्ट्रिय कम्प्युटर प्रविधि कम्पनी ओ¥याकलकी साफ्रा क्याट्जले यो वर्ष १३ करोड ८० लाख डलर घर लगेकी छिन् ।
यो वर्ष साढे १२ करोड डलर कमाएर सरेप्टा थेराप्युटिक्सका डगलास एस इङग्राम सबैभन्दा धेरै कमाउने सीईओको सूचिमा सातौं स्थानमा छन् । सूचिको आठौं स्थानमा रहेका सामाजिक सञ्जाल कम्पनी पिन्टरेष्टका बिल रेडीले पनि १२ करोड ३० लाख डलर हात पारेका थिए । सीएस डिस्कोका किवी क्यामराले ११ करोड डलर तलब सुविधा थाप्दा आइफोन निर्माता कम्पनी एप्पलका सीईओ टिम कुकले पनि ९ करोड ९० लाख डलर पाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण