१८ करोड रुपैयाँभन्दा धेरैको क्रिसमसमा प्रयोग हुने कपडा निर्यात

काठमाडौँ । चालू आर्थिक वर्ष २०८०/८१ को चार महिनाको अवधिमा १८ करोड रुपैयाँभन्दा धेरै ‘क्रिसमस’ प्रयोग हुने लत्ताकपडा निर्यात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार साउनदेखि कात्तिक महिनासम्मको अवधिमा ‘क्रिसमस’मा प्रयोग हुने उक्त मूल्यको कपडा र ऊनी/फेल्ट निर्यात भएको हो ।
यस अवधिमा दुई प्रकारका क्रिसमस सामग्री निर्यात भएको तथ्याङ्क छ । १५ करोड रुपैयाँ भन्दा बढीको कपडा र २ करोड ९० लाखभन्दा बढीको ‘क्रिसमस’मा प्रयोग हुने ऊनी/फेल्ट निर्यात भएको छ । यसबाहेक, मेला महोत्सव तथा चाडपर्वमा प्रयोग हुने लत्ताकपडा निर्यातबाट १ करोड ५० लाख रुपैयाँभन्दा धेरै रकम भित्रिएको छ ।
नेपालबाट एक दर्जन देशमा यस प्रकारका वस्तु निर्यात हुँदै आएको छ । सबैभन्दा धेरै १३ करोड रुपैयाँ हाराहारीको यस प्रकारका ऊनी/फेल्ट निर्यात भएको छ । यसपछि, अस्ट्रेलिया, डेनमार्क, कोरिया, फिलिपिन्स, स्वीडेन र जापानमा निर्यात भएको तथ्याङ्क छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईपीएल : लिगबाट बाहिरिएको चेन्नईको कोलकातामाथि रोचक जित
-
१२ बजे, १२ समाचार : पाकिस्तान लक्षित आक्रमणपछि छत्तीसगढमा २२ माओवादी मारिएदेखि दुई लाख घुससहित अदालतका कम्युटर अपरेटर पक्राउसम्म
-
हेटौंडा गाडी बेपत्ता घटना : भासिएको स्थानको पानी सङ्कलन गरी परीक्षणका लागि पठाइयो
-
छत्तीसगढमा भारतीय प्रहरीको एक्सन : २२ माओवादी मारिएको दाबी
-
केयु र एनपीआइबिच समझदारीपत्रमा हस्ताक्षर
-
स्रोत नखुलेको १४ लाखसहित दुई जना पक्राउ