संकल्प यात्रामा अवरोध गर्न खोज्ने गोपाल किरातीसहित १० जना पक्राउ
विराटनगर । नेकपा एमालको संकल्प यात्रामा अवरोध गर्न खोज्ने १० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा पूर्वमन्त्री गोपाल किरातीसमेत रहेका छन् ।
किरातीलाई खोटाङको हलेसीबाट प्रहरीले नियन्त्रणमा लिएको कोशी प्रदेश प्रहरीले जनाएको छ । पक्राउ परेका किरातीले सुरक्षा व्यवस्थालाई खलल नपुगोस् भनेर आफु प्रहरीको गाडीमा चढेको प्रतिक्रिया दिएका छन् ।
कोशी प्रदेश प्रहरी प्रमुख राजेशनाथ बास्तोलाका अनुसार उदयपुर र खोटाङ जिल्लाबाट अहिलेसम्म १० जनालाई नियन्त्रणमा लिएको पुष्टि गरे । भोजपुरबाट पक्राउ पर्नेहरूमा मिना राई, दिनेश राई , पनन राई , विदुर राई रहेका छन् । त्यस्तै हलेसीबाट पूर्वमन्त्री किरातीसहित राजेश राई, गन्धमान राई र विजय राई तथा खोटाङबाट उदिम राई पक्राउ परेका छन् ।
नेकपा एमालेको झलाघाट–चिवाभञ्ज्याङ संकल्प यात्राको टोली आजबाट कोशी प्रदेश प्रवेश गर्दैछ । कोशी प्रदेशको आरम्भ सभा ओखलढुंगाको हर्कपुरमा केहीबेरमा हुदैछ । यसैबिच एमाले कार्यक्रम विथोल्न सक्ने भन्दै कोशीका मध्य पहाडी जिल्लामा कडा सुरक्षा व्यवस्था मिलाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
-
एकै वर्षमा साढे ८५ करोडको लागुऔषध बरामद, जनस्वास्थ्यमा गम्भीर असर
-
बागमतीका ३ जना विना विभागीय मन्त्रीको जिम्मेवारी तोकियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण