शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

जसपा केन्द्रीय समितिको बैठक पुस २७ गते बस्ने

मङ्गलबार, २६ मङ्सिर २०८०, १५ : ५५
मङ्गलबार, २६ मङ्सिर २०८०

काठमाडौँ । जनता समाजवादी पार्टीको केन्द्रीय समितिको बैठक पुस २७ गते बस्ने भएको छ । महाधिवेशनलगायत अन्य सांगठनिक विषयमा छलफलका लागि सो बैठक बोलाएको पार्टीका कार्यकारिणी सदस्य राजकिशोर यादवले रातोपाटीलाई जानकारी दिए । 

उनले केन्द्रीय समितिको बैठकमा प्रस्तुत हुने एजेन्डालगायतको विषयमा छलफल गर्न लागि पुस २५ र २६ गते राजनीतिक समितिको बैठक बस्ने बताए । त्यस्तै माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचन प्रयोजनका लागि निर्धारित समयमै दल दर्ता गर्ने निर्णय गर्दै सो निर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवार चयनका लागि आगामी पुस १० गते केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्ने निर्णय गरेको पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताए ।

एनसेल खरिद बिक्री प्रक्रिया रोकी उक्त घटनाको छानबिन गर्न र दोषीउपर कारबाही गर्न सरकारसँग जसपाले माग गरेको छ । त्यस्तै, चुरे उत्खनन तथा गिट्टी बालुवा निकासी पैठारीसम्बन्धी सरकारले तयार पारेको विधेयक फिर्ता लिन पनि बैठकले निर्णय गरेको उनले बताए ।

पार्टीले सञ्चालन गरेको तीन महिने सङ्गठन विस्तार तथा सुदृढीकरण अभियानको समीक्षा गर्दै उक्त अभियानको म्याद पुस मसान्तसम्म थपिने निर्णय भएको उनले बताए ।

पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य एवम् संगठन विभाग प्रमुख राजेन्द्र प्रसाद श्रेष्ठको नेतृत्वमा सातै प्रदेश समितिका इन्चार्ज सदस्य रहने गरी ८ सदस्यीय एक कार्यदल गठन भएको छ । उक्त कार्यदलले पार्टीको केन्द्रीय नेताहरूको जिम्मेवारी बाँडफाँटको लागि प्रस्ताव तयार पार्ने कार्य गर्ने छ ।

साथै केन्द्रीय कार्यालय सचिवको रूपमा राजनीतिक समिति सदस्य पेशल ढकाललाई जिम्मेवारी दिने निर्णय गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप