संघीय सरकार ७९ अर्ब ५ करोड बजेट घाटामा
काठमाडौं । बजेट कार्यान्वयनको स्थितिमा यो वर्ष पनि संघीय सरकार घाटामा देखिएको छ । चालु आर्थिक वर्षको मङ्सिर मसान्त अर्थात् ५ महिना सकिन लाग्दा सरकारले जम्मा ३ खर्ब ५९ अर्ब २० करोड ६० लाख रुपैयाँ मात्र राजस्व उठाउन सकेको हो ।
तर, यता खर्चतर्फ यसै अवधिमा सरकारले ४ खर्ब ३८ अर्ब २६ करोड ३२ लाख रुपैयाँ खर्च गरिसकेको छ । तथापि, यो पनि सन्तोषजनक खर्च भने होइन ।
आर्थिक वर्षको मङ्सिर २५ गतेसम्म २५ प्रतिशत बजेट खर्च गरेको सरकारले राजस्व सङ्कलनको हिसाबले ७९ अर्ब ५ करोड ७२ लाख रुपैयाँ बजेट घाटा बेहोरेको छ ।
आम्दानी (राजस्व)
आर्थिक वर्षको मङ्सिर २५ गतेसम्ममा सरकारले लक्षित राजस्वको २४.३९ प्रतिशत सफलता हासिल गरेको छ । राजस्व, गैर–राजस्व, अनुदान तथा अन्य आयस्रोतबाट कूल १४ खर्ब ७२ अर्ब ४८ करोड ४७ लाख रुपैयाँको लक्ष्य राखेकोमा हालसम्म ३ खर्ब ५९ अर्ब २० करोड ६० लाख रुपैयाँ सङ्कलन भएको हो ।
महालेखा नियन्त्रण कार्यालयका अनुसार समीक्षा अवधिमा राजस्वतर्फ ३ खर्ब ३८ अर्ब ८३ करोड ३९ लाख रुपैयाँ सङ्कलन भएको छ भने अनुदानतर्फ २ अर्ब ७५ करोड ८० लाख रुपैयाँ सङ्कलन भएको छ ।
खर्च (बजेट कार्यान्वय)
यसैगरी यता बजेट खर्चतर्फ सरकारले मङ्सिर २५ गतेसम्म २५ प्रतिशतकै उपलब्धि हासिल गरेको छ । चालु आर्थिक वर्षका लागि कूल १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख रुपैयाँ बराबरको बजेट ल्याएको सरकारले समीक्षा अवधिमा ४ खर्ब ३८ अर्ब २६ करोड ३२ लाख रुपैयाँ खर्च गर्न सकेको हो ।
जसमध्ये चालु खर्चतर्फ अधिकतम ३ खर्ब ४७ अर्ब २३ करोड ८९ लाख रुपैयाँ बराबरको (लक्षित खर्चको ३०.४१ प्रतिशत) खर्च भएको छ भने पुँजीगत तर्फ जम्मा ३४ अर्ब ८ करोड ४६ लाख रुपैयाँ मात्र खर्च हुन सकेको छ । यो लक्षित खर्चको जम्मा ११.२८ प्रतिशत मात्र हो ।
सरकारले चालु आर्थिक वर्षमा पुँजीगत खर्चतर्फ कूल ३ खर्ब २ अर्ब ७ करोड ४४ लाख रुपैयाँ विनियोजन गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हान्टाभाइरसको प्रकोप समाप्त भएको घोषणा
-
चितवनमा दुई लाख बढी बाख्रालाई पीपीआर खोप
-
गुल्मी अस्पताल निर्माण ढिलाइ हुँदा बिरामीलाई समस्या
-
मधेस प्रदेशमा ९ वटा मन्त्रालय बनाउन सिफारिस
-
दुई सुरक्षा सङ्गठनका महानिरीक्षक आइतबार अमेरिका जाँदै
-
अवैध उत्खननमा संलग्न समूहबाट सरकारी कर्मचारीमाथि आक्रमण, भाग्दाभाग्दै समातिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण